नेपालका सन्त महन्त सबै एक ठाउँमा उभिए हिन्दु राष्ट्र आउछ

हाँले गुरुकुलमा महर्षि वैदिक प्रतिष्ठानको रुद्धाभिषेक चलाउन सहयोग गर्ने बताउदै सबैलाई संस्कृत पढाउन र पढ्न आग्रह गर्नुभयो । उहाँले चितवनमा मात्र ५ कठ्ठामा गुरुकुल सञ्चालन गर्दा समस्या हुने भन्दै गुरुकुलको क्षेत्रफल बढाउन लाग्नुपर्ने स


सृजना अर्याल
पुष १३ ,गुञ्जनगर
अन्तराष्ट्रिय आध्यात्मिक वक्ता डा .चिन्तामणि योगीले गुरुकुलीय शिक्षाले विश्वको गुरु बन्न सकिने बताउनु भयो , पश्चिम चितवनमा रहेको श्री परमानन्द स्मृति वैदिक विद्याभवन गुरुकुलमा आइतवार आयोजित वर्तमानमा आध्यात्मिक शिक्षाको महत्व एवं गुरुकुल सञ्चालकहरुको भेला विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । सो अवसरममा सस्कृत जान्न सकिएन भने वैज्ञानिक बन्न नसकिने भन्दै उहाँले देव भाषा सस्कृत विश्व भाषा भएको धारणा राख्नु भयो । उहाँले गुरुकुलमा महर्षि वैदिक प्रतिष्ठानको रुद्धाभिषेक चलाउन सहयोग गर्ने बताउदै सबैलाई संस्कृत पढाउन र पढ्न आग्रह गर्नुभयो । उहाँले चितवनमा मात्र ५ कठ्ठामा गुरुकुल सञ्चालन गर्दा समस्या हुने भन्दै गुरुकुलको क्षेत्रफल बढाउन लाग्नुपर्ने समेत बताउनु भयो ।
ज्ञानविज्ञान प्रतिष्ठान मालुङगा स्याङजाका संस्थापक अध्यक्ष एवं आध्यिात्मिक प्रवचक चैतन्य कृण्णले वैदिक धर्म सस्कृतिको संरक्षण स्थानिय गाई विना नहुने बताउनु भयो । उहाँले नेपालका सन्त महन्त सबै एक ठाउँमा उभिएर हिन्दु राष्ट्रको अभियानमा जुट्ने हो भने हिन्दु राष्ट्र ल्याउन सकिने विचार राख्नु भयो । सो अवसरमा शास्त्रमा रहेका विमानका कथा मात्र होइन हामीले विमान बनाउने तर्फ लाग्नुपर्ने भन्दै गुरुकुल शिक्षाले नै शास्त्रहरुको महिमा बढ्ने बताउनु भयो ।

कार्यक्रममा उपस्थित संस्कृत विश्वविद्यालय वाराणासीका पुर्व प्राध्यापक स्वामी जगन्नाथार्चायले सनातनताको पनि विकास हुन्छ भन्दै वैदिक सनातन धर्मका प्राचिन परम्पराहरुलाई समयाकुुल बनाउन सकिने बताउनु भयो ।

चितवन पश्चिम क्षेत्रका क्षेत्रिय अध्यक्ष जगन्नाथ कण्डेलको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथी वैदिक धर्म परिषद् नेपालका केन्द्रिय अध्यक्ष लोकनाथ खराल हुनुुहुन्यो ।
कार्यक्रममा गुज्जनगर निवासी हाल अमेरिका रहनुभएका नेपालमा पहिलो साइवर क्राइममा विद्यावारिधी गर्नुहुने डा रामहरि सुवेदीले २ थान कम्पुटर का साथै १ लाख ५० हजार सहयोग गर्नु भएको छ, यसैगरि त्यस्तै किल्निक नेपालका सञ्चालनक राम बहादुर भण्डारीले पनि गुरुकुललाई ६० हजार रकम सहयोग गर्नु भएको छ ।
कार्यक्रममा युवा समाजसेवी डा. रामहरि सुवेदी ,वैदिक धर्म परिषद्का केन्द्रिय सहसचिव हरि कण्डेल, केन्द्रिय सदस्य पार्वती भण्डारी,गुरुकुल विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मुक्तिनाथ ढकाल , , लगायतले मन्त्वय दिनु भएको थियो ।।। २०५४ सालमा स्थापना भएको गुरुकुलमा हाल ३५ जना विद्यार्थीहरु आवाशिय सुविद्याका साथ अध्यन गरिरहेका छन् । गुरुकुलमा हाल कक्षा ६ देखि ९ सम्म अध्यापन भइरहेको विद्यालयका लागि प्रार्चाय ज्ञान प्रसाद भुर्तेल जानकारी दिनुभयो

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...