भारद्धाजबन्धुको महायज्ञ चितवनमा हुदै आज मोटरसाइकल र्याली भोली उद्धघाटन

चितवन  १० माघ । भारद्धाजबन्धुको चितवनमा लगाउन लागिएको धनधान्यान्चल महायज्ञको प्रचारप्रसारको लागि आज यज्ञ परिसरबाट वृहत मोटरसाइकल र्याली निकालिएको छ । महायज्ञ को भोली शनिवार एक कार्यक्रमका विच उद्घाटन गरिन लागिएको आयोजकले जनाएको छ । मोटरसाइकल र्यालीको उद्घाटन समाजसेवी धार्मिक अभियन्ता चुडामणि पौडेले गर्नुभयो । सो अवसरमा उहाँले महायज्ञमा २५ हजार रकम सहयोग समेत गर्नुभयो ।  भरतपुर ६ इन्द्रपुरीमा आयोजना हुने ऐतिहासिक श्रीमदभागवत् महापुराण तथा धनधान्याचल विराट् महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानले आयोजना गर्ने महायज्ञको तयारी पूरा भएको मूलसमारोह समिति संयोजक एवम् प्रतिष्ठानका अध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
 माघ १८ गतेसम्म सञ्चालन हुने महायज्ञबाट तीन करोड आर्थिक संकलन हुने प्रतिष्ठान चितवनका अध्यक्ष अर्थात महायज्ञ आर्थिक व्यवस्थापन समितिका संयोजक भिमप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
देवघाटमा प्रतिष्ठानको केन्द्रीय कार्यालय निर्माणसहित भारद्वाज ऋषिको आश्रम र धार्मिक पुस्तकालय निर्माण गर्ने उद्देश्य महायज्ञको छ । यसैगरी एम्बुलेन्स सञ्चालन, वंशावली निर्माण, टेलिफोन डायरी प्रकाशन र विपन्न व्यक्तिको स्वास्थ्य उपचारमा सहयोगका लागि अक्षय कोष स्थापना गरिने पनि संयोजक पोखरेलले जानकारी दिनुभयो ।
महायज्ञको तयारी स्वरुप आज शुक्रबार मोटरसाइकल ¥याली सम्पन भएको छ । महायज्ञस्थलबाट सुरु भएको ¥याली चोकबजार, गितानगर, पकौडी, पटिहानी, जिम्मालचोक, विजयचोक,ख शिवनगर, महेन्द्रचोक, पूलवारीबाट पूर्व प्रेमबस्ती स्कुल हुदै पुनः इन्द्रपुरी दुर्गा पंञ्चाङ्ग मन्दिरमा आइ सम्पन भएको थियो । ¥यालीमा उल्लेखीय सहभागीता रहेको थियो ।
वाचन प्रविण दीनबन्धु पोखरेलबाट वाचन हुने महायज्ञमा दैनिक योग साधना, पूजा आराधना, श्रीमद्भागवत् तथा गीता पाठ पारायण, आरती, भजनकिर्तनलगायतका कार्यक्रम हुनेछन् ।
महायज्ञको उपवाचकको रुपमा आचार्य दुर्गाप्रसाद पोखरेल रहनुभएको छ । महायज्ञमा तुलादान, भुमिदान, ब्रतवन्ध, विवाह, चौरासी पूजा र ग्रहशान्तिसमेत गर्न सकिने उपाध्यक्ष शान्तप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस