युवा माविको महायज्ञको समापन

ज्योतिनगर ,१२ माघ ।
पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २६ मा रहेको युवा माध्यमिक विद्यालय ज्योतिजुनेलीमा लगाइएको श्रीमद्भागवत् धनधान्याचल सप्ताह ज्ञानमहायज्ञको आज सोमवार समापन गरिएको छ । विद्यालयको जग्गा खरिद तथा शैक्षिक गुणस्तर सुधारका लागि आयोजीत महायज्ञमा विभिन्न दाताहरुले नगदका साथै धान चामल सहयोग गरेका छन् । समापनका क्रार्यक्रममा भरतपुर २६ निवासी फडिन्द्र प्रसाद खनाल प्रमुख अतिथी रहनु भएको थियो । उहाँले सो अवसरमा विद्यालयको लागि ३ लाख ३३ हजार ३ सय ३३ रकम सहयोग गर्नु भएको छ । यज्ञ मुल समारोह समितीका संयोजक ज्ञान प्रसाद खनालको अध्यक्षतामा समापन कार्यक्रममा प्रमुख वाचक वालकृण्ण अर्याल, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नारायण प्रसाद ढकाल, महायज्ञका प्रचारप्रसार संयोजक लक्ष्मीकान्त दवाडी ,प्रधानअध्यापक रामनाथ घिमीरे , सहायक प्रधानअध्यापक जिवाखर ढकाल ,महिला समुह प्रतिनिधी सावित्री कोइराला लगायतले बोल्नु भएको थियो । आठौ दिनसम्म १ करोड ६३ लाख ६१ हजार ४ सय ९ औ रुपैया नगद सहयोग संकलन भएको थियो । महायज्ञको समापनको नवौ दिन यज्ञमा दान गर्न दाताहरुमा दुर्गा अधिकारी ५५००, त्रिपुरेस्वर मन्दिर ५३५५, भक्ती सुवेदी १३०००, शिव पौडेल ५५०५, सुरेस घिमिरे ५१५५५, गगा चन ५०५०, नारायण सिलवाल ५१०५, उषा पौडेल ५०५०, गिता रामझाली ५०५५, सबिता अधिकारी ५५५५, शुक्र राज काफ्ले १०५०५, शालिकराम आचार्य २५१०५, पवित्रा सुवेदी ५५५५, सुक देव पौडेल १०५०५, घनश्याम भट्ट ५००५, महेन्द्र गुरुङ १०५०५, तिर्था देवी पन्डित ५११४१, सबिना अधिकारी १०००५, देवी डुम्रे २५१११, जमुना थापा ५००५, सुजन बिमल पौडेल ५१००५, बल राम पौडेल २५१६५, हर्क अधिकारी १५०५५, धन कुमारी पौडेल ५५५५, मा वि शशिनगर ५१०५, बल बहादुर गुरुङ २५०००, उमा कान्त चापागाईं १०११११, बुद्धि कुमार गुरुङ ५५००, उमावडी कलेज ५००५, छ्न्नु राम १०१११, टिकाराम पौडेल ५१५१, मोतिलाल लामिछाने ५१११, सावित्री मरहठा ५१०५, ऋषि राम ढुङाना १०१११, चित्र लाल शेरचन ७६०००, दुर्गा तारा घिमिरे २५५५५, दुर्गा मन्दिर ५१०५, सा वा अनुसन्धान ५५५५, पिर्तम मगर १११११, गिरिधारी जोखा महतो १०५०००, लक्षमन रेग्मी ५११११, देबि घिमिरे ५११११, नेपाल् मगर संघ ५१५५, बुद्धि राज देवकोटा थप १००९९, इस्वरी अधिकारी १०००५, बिष्णु देबि पौडेल ७५०५, भिम बहादुर भन्डारी २५५५५, सन्त बहादुर भन्डारी १०११११, काशी नाथ रेग्मी २५१०५, सम्झाना सुवेदी ५००५, सुभद्रा पन्डित १११११, मेधनाथ पौडेल ५१०५,गिता ५००५ दिल नारायण पौडेल ५००५, फदिन्द्र खनाल ३३३३३३, लोक नाथ पौडेल १५५५५५, प्रमिल दवाडी ७९९९ विराट विसन राउत २५५०५ जुला राम महतो ७५१७५, तोप बहादुर गुरुङ ५१५५ बिष्णु ढकाल थप ५१५५ गगा प्रसाद ढकाल ५००५, शिव भक्त पन्डित ५००५लगायतका दाताहरुले सहयोग गर्नु भएको आर्थिक संयोजक लोकनाथ पौडेल जानकारी दिनु भयो ।महायज्ञमा प्रमुख वाचक पन्डित  वालकृण्ण अर्याल,  उपवाचक पन्डित गोविन्द दाहाल  रहनु भएको थियो । 
माघ ५ गतेबाट शुरु भएको महायञ विद्यालयको जग्गा खरिद ,प्राविधिक शिक्षा सञ्चालन लगायतको उदेश्य राखि सञ्चालान गरिएको हो । नर्सरी देखि कक्षा १० सम्मको पढाई हुने यस विद्यालयमा ५ सय ४९ विद्यार्थी हाल अध्ययनरत छन । विद्यालयमा अग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई भइरहेको छ

प्रतिकृया दिनुहोस