ॐकार परिवारको महायज्ञमा मुक्तिनाथकोअग्नि स्थापित

.भरतपुर ,१३ माघ

 ॐकार परिवारको सहभागिता तथा ब्राह्मण समाज नेपाल चितवनको आयोजनामा भरतपुर ९ शरदपुरमा हुन लागेको श्रीमद्भागवत् महापुराण तथा धनधान्याचल विराट ज्ञान महायज्ञमा मुक्तिनाथको अग्नि स्थापना गरिएको छ । मुक्तिनाथबाट गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा ल्याइएको अग्निलाई  आइतवार महायज्ञको कुण्डमा स्थापना गरिएको हो  
वाह्मण समाजले ५ वर्ष अघि लगाएको महायज्ञमा मुक्तिनाथ बाट ल्याएको अग्नी स्थापित गराएको बताउदै यज्ञ आयोजक बलराम आर्चायले सो अग्नी मौलाकालिकामा राखिएको र आइतवार हवनकुण्णमा स्थापित गरिएको बताउनु भयो । मौला कालिकाबाट अग्नी ल्याउने क्रममा संगम टोलका आमा समुहका प्रतिनिधी सगै यज्ञ मुलसमोराह समितीकाहरुले भजन गाउदै यज्ञ मण्डपमा प्रवेश गरेका थिए । टोलमा ओमकार परिवारको सक्रियतामा महान् महायज्ञ हुन लागेको भन्दै संगमटोल विकासका अध्यक्ष देवराज सापकोटाले महायज्ञलाई सक्दो सहयोग गर्ने बताउनु भयो । उहाँले अग्नी स्थापित को कार्यक्रममा जुट्न पाएको खुशि व्यक्त गर्नु भयो । आइतवार विहान महायज्ञमा खुल्ला रक्तदान कार्यक्रम  यज्ञ आयोजक ओमकार परिवारको आयोजना तथा रक्तदान कार्यक्रम पतन्जली योग समिती चितवन, सहसंगमटोल विकास सस्थाको सआयोजनामा   गरिएको थियो । रेडक्रस चितवनका सचिव वद्री प्रसाद पोखरेल, सामाजिक अभियन्ता प्रमेकुमार श्रेष्ठ ,महायज्ञ मुलसमारोह समिती संयोजक टंकनाथ पौडेल, उपसंयोजक ठाकुर प्रसाद कण्डेल, संगम टोलका अध्यक्ष देवराज सापकोटा ,स्टेपवाईस्टेप आवासिय माविका प्रधानअध्याप कृण्ण प्रसाद भट, समाजसेवी अवकुमार सिलवाल लगायतको उपस्थिती रहेको थियो । रक्तदान कार्यक्रमका लागि  समाजसेवी निल प्रसाद पाठकले सहयोग गर्नु भएको महायज्ञ आर्थिक समितीका संयोजक एवं रक्तदान कार्यक्रमका संयोजक राम प्रसाद ओस्तीले बताउनु भयो । कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । महायज्ञ सुरु हुनुअघि नै  ५० लाख  संकलन भइसकेको महायज्ञ मूल आयोजक समितिका संयोजक टंकनाथ पौडेलले   जानकारी गराउनु भयो । महायज्ञको व्यवस्थापकीय तयारी पूरा भएको बताउनु भयो । त्यस्तै, समाजको भवन निर्माणका लागि जग्गा दान गर्नेको संख्या पनि बढ्दै गएको आयोजकले जनाएको छ

प्रतिकृया दिनुहोस