ओमकार परिवारको महायज्ञ उद्घाटन


भरतपुर,माघ १६ ।सन्त समाजनेपालका अध्यक्ष तथा हरिहर सन्न्यास आश्रम देवघाटका पीठाधीश श्री १००८ स्वामीज्ञानानन्द सरस्वतीले महायज्ञहरू धन आर्जन गर्ने माध्यम बनेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ। भरतपुर ९ शरदपुरमा ॐकार परिवारको सहभागिता तथा ब्रह्मण समाजको आयोजनामा विहिवारबाट सुरु भएको धनधान्याचल महायज्ञको उद्धाटन गर्दै उहाँले सो कुरा व्यक्त गर्नुभएकोहो । महायज्ञहरूले व्यवसायको रूप लिन थालेको भन्दै उहाँले त्यसले निकै डरलाग्दो अवस्थासृजना गर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । धार्मिक धरोहरको रक्षा गर्नु राम्रो भएपनिधन संकलनको लक्ष्य राखी यज्ञ थाल्नु राम्रो नभएको उहाँले उल्लेख गर्नुभयो । महायज्ञमा धनर दानको कुरा पछाडी आउनुपर्नै भन्दै महायज्ञका आयोजकहरू सत्संग र यज्ञलाई नाश गर्न तम्सिएको गुनासो गर्नुभयो । “धनको लक्ष्य राखेर महायज्ञ सञ्चालन गर्ने हो भने त्यसलेलक्ष्मी होइन, लक्ष्मीको वहान उल्लु ल्याउँछ”, उहाँले भन्नुभयो । ऋण मागेर दान गर्ने कामकदापि राम्रो नभएको उहाँले उल्लेख गर्नुभयो । धार्मिक धरोहरको स्थापना गर्ने भनीसंकलित रकमले धरोहरको रक्षा नगरेमा वा दुःखी व्यक्तिको सहयोग नगरेमा त्यो मानिसपापको भागीदार बन्ने उहाँले चेतावनी दिनुभयो । अचेल आयोजना हुने गरेका महायज्ञमाउफ्रिने काम मात्रै हुने गरेको भन्दै वैदिक यज्ञमा मात्रै आफूलाई निम्त्याउनउहाँले आग्रह गर्नुभयो । “तपाइँको यज्ञमा सत्संग छैन, वैदिकता छैन भने त्यस्तो यज्ञमामलाई नबोलाउनुहोला”, उहाँले भन्नुभयो । त्यस्तै, राजनीतिक वृत्तका मानिसहरू मिलेरनेपाली संस्कृतिमा रहेको सहिष्णुतालाई मास्न खोजेको उहाँले आरोप लगाउनुभयो । “कुनैजमाना थियो, एउटा घरमा पाकेको तरकारी अर्काे घरका परिवारलाई चखाइन्थ्यो । मिलेरबसेका नेपालीलाई नेताहरूले फुटाउने काम गरेका छन्”, उहाँले आफ्नो धारणराख्नुभयो । सम्पूर्ण नेपाली फेरि आफ्नो धर्म रक्षा गर्नका हेतु मैदानमाउत्रनुपर्ने अवस्था आउन सक्नेतर्फ समेत उहाँले सचेत गराउनुभयो । श्रीमद्भागवतमहापुराण तथा धनधान्याचल विराट ज्ञान महायज्ञको उद्धाटन सत्रमा, लक्ष्मी बैकुण्ठमन्दिरका पिठाधिश स्वामी जगन्नाथार्चाय, विश्व हिन्दू महासंघनेपालका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारी,ं सस्कृति मन्त्रालय अन्तरग बौद्ध दर्शन प्रवद्धन तथा गुम्बा विकास समिती का प्रवक्ता एवं ,सुन्दरीजल गुम्बाको प्रमुख आर्चाय पेमा दोर्जे लामा , प्रमुख वाचक पन्डित बालकृण्ण अर्याल, जनजाति महासघ केन्द्रिय सदस्य एवं प्रदेश तीनका संयोजक सन्तलाल गुरुगं,विश्व हिन्दु महासंघ चितवन सचिव फूलनाथ न्युरे लगायतले मन्तव्य राख्नुभएको थियो । महायज्ञको उद्घाटन समारोहमा भरतपुर महानगरपालिका वडा ९ का अध्यक्ष यमलाल कण्डेल स्वागत मन्त्वय गर्नु भएको थियो भने महायज्ञका मुल समारोह समिती संयोजक टंकनाथ पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । सो महायज्ञको उद्धाटन समारोहमा थारु जातिको नृत्यप्रस्तुत गरिएको थियो भने मुग्लिङको शिवशक्तिभजन समूहले कीर्तन समेत गरेको थियो । बिहानको समयमा शोभा यात्रा पनि आयोजनागरिएको थियो । यज्ञ परिसरबाट शुरु भएको शोभायाात्र हाकिमचोक ,केन्द्रिय वसपार्क ,शरदपुर मावी धारेचोक हुदै यज्ञ मण्डममा प्रवेश भएको भएको थियो । शोभा यात्रामा विभिन्न जातजातिका पहिचान सहित ओमकार परिवार उपस्थित भएका थिए । यमहायज्ञ माघ १५ देखि २३ गतेसम्म महायज्ञ सञ्चालनहुनेछ । महायज्ञमा पन्डित हरि भक्त अधिकारी उपवाचक रहनु भएको छ । ब्राह्मण समाजले शरदपुरमा रहेको आफ्नो जग्गामा गरीब, ज्येष्ठ नागरिक तथाअसहाय व्यक्तिहरूको सहयोगार्थ भवन बनाउने उद्देश्य राखेर महायज्ञ सञ्चालन गर्न लागेको हो। सो भवनलाई धार्मिक पुस्तकालय र दीवा सत्संग आश्रमका रूपमा पनि सञ्चालन गरिनेमहायज्ञका संयोजक टंकनाथ पौडेलले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका वडा नं ९शरदपुरमा ब्राह्मण समाजको नाममा रहेको २ कठ्ठा १८ धुर जमिनलाई एउटा कित्तामा १.५०वर्ग मिटर क्षेत्रफल पर्ने गरी ६०१ कित्तामा विभाजन गरिएको छ । समाजले एउटा कित्ताकोमूल्य रु २१ हजार १ सय ११ कायम गरेको बताएको छ । जग्गादान गर्न इच्छुक व्यक्तिहरूलेआफूले चाहेको कित्ता नं रोजेर रकम बुझाउने गरेका छन् । महायज्ञकै दौरान माघ१६ गते सामूहिक व्रतबन्धको समेत कार्यक्रम रहेको आर्थिक संयोजक रामप्रसादवस्तीले बताउनुभयो । समाजले सामूहिक व्रतबन्ध गरेबापत प्रति बटुक पाँच हजाररुपैयाँ बुझाउनुपर्ने जनाएको छ । भवन निर्माणका लागि हालसम्म १३० कित्ता जमिन दानगरिएको छ भने ४५ लाख रुपैयाँ संकलन भइसकेको छ । महायज्ञमा दैनिक बिहान ११ बजेदेखिबेलुका ४ बजेसम्म कथा पारायण हुने आयोजकले जनाएको छ । महायज्ञमा पण्डित बालकृष्णअर्यालबाट कथा प्रवचन गरिनेछ ।

प्रतिकृया दिनुहोस