ॐकार परिवारको महायज्ञमा चौथो दिनसम्ममा नै ८५ लाख भन्दा बढी रकम संकलन




भरतपुर १८, माघ। माननिय बाग्मती प्रदेशकी प्रदेश सभा सदस्य गीता वाग्लेले बुद्धको ज्ञान अनुसार सत्कर्ममा सबै लाग्नु पर्ने बताउनु भयो । भरतपुर महानगरपालिका वडा नं ९ शरदपुरमा जारी श्रीमद्भागवत् विराट ज्ञान महायज्ञको चौथो दिनमा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । उक्त कार्यक्रममा जातजाति कोहि सानो र ठुलो नहुने सत्र्कम र निष्ठाले मानिसको पहिचान समाजमा हुने सांसद वाग्लेले भनाई राख्नुभयो ।उहाँले अहिलेका पुस्ताले आफनो सस्कृति र सस्कार विर्सन लागेको भन्दै चिन्ता प्रकट गर्नुभयो । सो अवसररमा उहाँले उहाँले वर्तमानका यज्ञहरु प्रति सजक पनि हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमा पुग्नुभएको चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले अहिले चितवन महायज्ञमय भएको बताउनु भयो । उहाँले महायज्ञबाट वातावरणलाई सन्तुलित बनाउन र समाजलाई नैतिकशिक्षा दिने सुबाटोमा लाग्न टेवा पुग्ने धारण राख्नुभयो । उहाँले चितवन राष्ट्रिय अन्तराष्ट्रिय स्तरको तिर्थस्थल भएको भनाई राख्दै समाजलाई आध्यात्मपथ तर्फ अग्रसर गराउन महायज्ञले सहयोग पुग्ने बताउनु भयो ।
ॐकार परिवारको सहभागिता र ब्राह्मण समाज नेपालको आयोजना रहेकोमहायज्ञको चौंथो दिन दाताहरूले १५ लाख रुपैयाँ दान गरेका छन् । त्यससँगै महायज्ञमा करिब ८५ लाख रुपैयाँभन्दा बढी चन्दा रकम संकलन गरिएको छ । समाजले सहयोग रकम सिद्धार्थ बैंक एनएमबी बैंकको यज्ञमण्डपमा नै गरिहहेको आर्थिक संयोजक रामप्रसाद वस्तीले जानकारी दिनुभयो । १५ गतेदेखि सुरु भएको २३ गतेसम्म सञ्चालन हुने छ । महायज्ञमा प्रमुख वाचकको रूपमा भने पण्डित बालकृष्ण अर्यालले कथा वाचन गर्दै आउनु र्भएको छ उपवाचक पन्डित हरिभक्त अधिकारी रहनु भएको छ ।

प्रतिकृया दिनुहोस