चितवन हात्ती र गैंडा पाइने जिल्लाका , सबैले जती सक्दो हात्ती, गैंडा भएको नोट सहयोग गर्नुहोला ः वरिष्ठ हास्यकलकार हरिवंश

चितवन हात्ती र गैंडा पाइने जिल्लाका , सबैले जती सक्दो हात्ती, गैंडा भएको नोट सहयोग गर्नुहोला ः वरिष्ठ हास्यकलकार हरिवंश
चितवन २० माघ
पश्चिम चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोगार्थ आज ९आइतबार बाट धनधान्यान्चल महायज्ञ शुरु भएको छ । २६ गतेसम्म चल्ने महायज्ञकाो मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसहित २१ खेलाडीले उद्घाटन गरनुभएको छ ।
उद्घाटन अघी संघ संस्थाको ब्यानरसहित हजारौको उपस्थितीमा मध्यान्ह १२ बजे मंगलपुरदेखि झाँकीसहितको वृहत शोभायात्रा निकालिएको थियो । मंगलपुर बजारबाट शुरु भएको शोभायात्रा गाबिसचोक हुँदै रंगशालास्थित धनधान्याचलमहोत्सव परिसरमा पुगेको थियो ।
कार्यक्रमको उद्घाटन गनुहुदर्दै वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले रंगशाला निर्माणका लागि चितवन एक ढिक्का भएको बताउनु भयो । उहाँले राजनीतिक बिचार, जात धर्म भन्दा माथि उठेर यो महान अभियान सफल बनाउन चितवन जुरुक्कै उठेको अनुभुती भएको विचार राख्नुभयो।
सो अवसरमा उहाँले चितवन बासीले देशकै नमुना परीयोजना निर्माणमा देखाएको एकताले संसारभर सकारात्मक सन्देश जाने भन्नुभयो ।।
धुर्मुस सुन्तलीले पहिलो भन्दा दोस्रो र दोस्रो भन्दा तेस्रो गर्दै आज रंगशालासम्म आईपुग्दा महान कार्यको नमुना पेश गरेको उहाँको भनाई थियो । ‘हामी धुर्मुस सुन्तलीले बनाएको पहरी बस्ती हेर्न गयौं कस्तो राम्रो बनाएको भनेर छक्क र्पयौं, चौर पनि गयौं त्यो झन राम्रो । फेरी महोत्तरी गयौं त्यो झनै राम्रो, चौथो चन्द्रानीगापुर गयौं त्यो सबै भन्दा राम्रो । अहिले चितवन आयौं यो अहिलेसम्मकै राम्रो – उहाँले भन्नुभयो।’
अर्का वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले चितवनमा निर्माणाधिन रंगशाला देशकै गहाना भएको बताउनु भयो । रंगशालाले चितवनको महत्व अझै बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । रंगशाला निर्माण सम्पन्न भएपछी नेपाली खेलाडीहरुसहित सम्पूर्ण नेपालीहरुको छाती गर्वले फुल्ने उहाँको भनाई थियो ।
उहाँले यो अभियानमा दिल खोलेर सहयोग गर्न सबैलाई अनुरोध गरनुभयो । ठट्यौली शैलीमा उहाँले भन्नुभयो – ‘चितवन हात्ती र गैंडा पाइने जिल्ला हो , सबैले जती सक्दो हात्ती र गैंडा भएको नोट सहयोग गर्नुहोस् ।’
पुर्व राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक एवं रंगशाला खेलकुद समितीका संयोजक दीपक बिष्टले आफ्नो पालोमा यस्तो रंगशालामा खेल्ने मौका नपाए पनि भावी पिडीले अवसर पाउनेमा निकै खुशी लागेको बताउनुभयो । ‘हामीले खेल्न नपाए पनि भावी पिडीले यही रंगशालामा खेल्न पाउनेछन् उहाँले भन्नुभयो , ‘यो रंगशालामा नेपालको झण्डा फहराएको हेर्न पाउदा निकै खुशी हुनेछौं ।’
प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितीको सभापती कृष्ण भक्त पोख्रेलले २०४६ र २०६–२६३ को आन्दोलनपछी चितवनमा पहिलो पटक यती धेरै जना जागरुक भएको बताउनुभयो । ‘२०४६ र २०६–२६३ को आन्दोलनमा चितवन जसरी उठेका थिए आज मलाई त्यही अनुभुती भयो उहाँले थप्नुभयो, यो जनलहरले रंगशाला बन्छ भन्ने विश्वास दिलाएको छ ।’
रंगशालाले नेपालीबीचको एकतासँगै ठुला राष्ट्रहरुबीचको तिक्तता पनि हटाउने उहाँको भनाई थियो । ‘केही बलियो राष्ट्रहरुको सम्बन्ध राम्रो छैन उनले भने, अब केन्द्रले होइन यही रंगशालाले सम्बन्ध समधुर बनाउछ । यो रंगशालामा भारत र पाकिस्तानलाई क्रिकेट खेलाएर उनिहरुको सम्बन्ध सुधार्न सकिन्छ ।’ यस्तै उहाँले आफ्नो एक महिनाको तलब भत्ता रु ५४ हजार रंगशाला निर्माणका लागि सहयोग गर्ने घोषणा समेत गरेका छन् ।
धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले नेपालमा अन्तरराष्ट्रिय स्तरको रंगशाला नहुँदा देशमै खेल खेल्न नपाएको भन्ने गुनासोका कारण नै आफुहरु यो अभियानमा लागेको बताउनु भयो । आजको उपस्थितीले यसलाई सार्थक तुल्याएको उहाँको भनाई थियो ।
आज चितवनमा उर्लिएको जनलहर यस्तो कार्यको लागि यो नै पहिलो पटक भएको उनको भनाई थियो । ‘यो पवित्र कार्यको लागि आज चितवनमा जसरी जनलहर नै उर्लिनु भयो यो देशकै पहिलो पटक हो –’ स्रोत र साधनको व्यवस्था भए दुई बर्ष भित्र रंगशाला बन्नेमा दुईमत नरहेको उहाँको भनाई थियो ।
उहाँले रंगशालामा ७७ जिल्लाको ७७ वटा कक्ष राखिने बताउदै सबै जिल्लालाई आ–आफ्नो कक्ष निर्माणमा सहयोग गर्न आग्रह पनि गरनुभयो ।
धनधान्याचल महायज्ञका प्रमुख वाचक दिनबन्धु पोख्रेलले यो अभियानमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो । उहाँले महायज्ञमा आर्थिक सहयोगका देश बिदेशबाट धेरै भक्तजनहरु आउने तयारीमा रहेको बताउदै रंगशाला बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । यस्तै उहाँले महायज्ञमा आफु लिन भन्दा पनि दिन आएको बताउनु भयो । ूम यहाँ केही लिन आएको होइन दिन आएको हुँ उहाले भन्नुभयो उहाँले रंगशाला निर्माणका लागि आफ्नो तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैँया सहयोग गर्ने घोषणा गर्नुभयो ।
नेकपा चितवनका अध्यक्ष यम बहादुर परियारले रंगशाला निर्माणका चितवनका सबै राजनीतिक दलहरु एक भएर अघी बढेको बताउनु भयो ।।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ६२–६३ को आन्दोलनपछी चितवनमा रंगशाला निर्माणार्थ शुरु भएको धनधान्याचलमा यती धेरै जनता उर्लेको बताउनु भयो कार्यक्रममा प्रदेश साँसद कृष्ण भुर्तेल, लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल, धनधान्याचल महोत्सव मुल आयोजक समितिका महासचिव दिनेश कुमार चुके लगायतले बोल्नुभएको थियो । भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले स्वागत मन्तब्य राखेको कार्यक्रम मुल आयोजक समितिका संयोजक बिजय सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।
महोत्सवमा सोमबारबाट पण्डित दीनबन्धु पोखरेलबाट श्रीमद्भागवत माहापुराणमा गर्नेछ्न् । यस्तै भजन किर्तनका साथमा विविध धर्मका आध्यामिक प्रवचन, सामाजिक, सांस्कृतिक मनोरञ्जानात्मक कार्यक्रम समेत हुनेछ ।
२६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड रकम संकलन हुने अनुमान गरिएको छ भने ७६ लाख ७६ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

प्रतिकृया दिनुहोस