शरदपुर महायज्ञमा सातौं दिन १४ लाख ७३ हजार रुपैयाँ संकलन

, भरतपुर । ॐकार परिवारको सहभागिता र ब्राह्मण समाज नेपालको आयोजनामा आयोजना माघ  १५ गतेदेखि शरदपुरमा शुरु भएको महायज्ञमा विभिन्न सामाजिक तथा धार्मिक व्याक्तित्वहरु पुग्नु भएको छ । महायज्ञको सातौ दिन मंगलवार पनि विभिन्न्न व्यक्तिसगै चितवन जिल्लाका सांसदहरु महायज्ञमा पुगी सुभकामना दिनुभएको छ । शुभकामना मन्त्यवका क्रममा 

कार्यक्रमा बाग्मती प्रदेशका प्रदेशसभा सांसद कृष्ण भुर्तेलले ओमकार परिवारले जुन उदेश्य राखि महायत्र सञ्चालन गर्नु भयो त्यो प्रशंशनिय भएको  बताउनुभयो । धर्ममा आएका विकृतिलाई एकता र  अनुशासनको सहायताले प्रहार गर्नुपर्ने उहाँले बताउनुभयो । ब्राह्मण समाजको भवन निर्माणका लागि प्रदेशबाट पनि सहयोग जुटाउन सहयोग गर्ने उहाँले प्रतिबद्धता समेत जनाउनुभयो । बाग्मती प्रदेशका प्रदेशसांसद बलराम पौडेलले सबैको सल्लाह सुझाप अनुसार प्राविधिकको सगँ पनि परार्मश गरि  नक्शा र इस्टमेट तयार गर्न आग्रह गर्नुभयो । त्यसपछि भवन निमार्णका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो । उहाँले समाजमा अनुशासन हराउन थालेको भन्दै पाठ्य क्रममा नैतिक शिक्षा राखिनुपर्ने विचार राख्नु भयो । 

भरतपुर महानगरपालिका वडा नं ९ शरदपुरमा जारी श्रीमद्भागवत् विराट ज्ञान महायज्ञको सातौं दिनसम्म १ करोड ४० लाख रुपैयाँ चन्दा रकम संकलन गरिएको छ । सातौं दिनमात्रै दाताहरूले १४ लाख ७३ हजार रुपैयाँ चन्दा दिएका हुन् । ब्राह्मण समाजको सिद्धार्थ बैंक, गरिमा विकास बैंक र एनएमबी बैंकमा रहेको खातामा करिब १ करोड रुपैयाँ जम्मा भइसकेको आर्थिक संयोजक रामप्रसाद वस्तीले बताए । जम्मा भएको रकममा चन्दा र जमिन बिक्री भएर आएको पैसा समेटिएको उनले जानकारी दिए । त्यस्तै, महायज्ञमा दाताहरूले ३०० कित्ता जमिन खरिद गरेर ब्राह्मण समाजलाई प्रदान गरेका छन् । वडा नं ९ शरदपुरमा ब्राह्मण समाजको नाममा रहेको २ कठ्ठा १८ धुर जमिनलाई एउटा कित्तामा १.५० वर्ग मिटर क्षेत्रफल पर्ने गरी ६०१ कित्तामा विभाजन गरिएको थियो । समाजले एउटा कित्ताको मूल्य रु २१ हजार १ सय ११ कायम गरेको छ । सहयोग राशि कबोल गरेका दाताहरूले रकम दान गर्न बाँकी रहेको महायज्ञका संयोजक टंकनाथ पौडेलले जानकारी दिए । ॐकार परिवारको सहभागिता र ब्राह्मण समाज नेपालको आयोजना रहेको महायज्ञबाट संकलित रकमले वृद्धवृद्धा तथा असक्त व्यक्तिको सहयोगार्थ अक्षयकोष स्थापना गर्ने, दिवा सत्संग भवन निर्माण गर्ने, पाञ्चायन मन्दिर निर्माण गर्ने, धार्मिक पुस्तकालय तथा वाचनालय सञ्चालन गर्ने, गुरुकुल शिक्षालाई प्रोत्साहन गर्ने र दैनिक योग कक्षा सञ्चालन गर्ने लक्ष्य लिइएको छ । माघ १५ गतेदेखि सुरु भएको महायज्ञ २३ गतेसम्म चल्नेछ । महायज्ञमा प्रमुख वाचकको रूपमा भने पण्डित बालकृष्ण अर्यालले दैनिक रूपमा कथा वाचन गर्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस