सकियो ॐकार परिवारको महायज्ञ

भरतपुर,  २३ माघ ।
भरतपुर महानगरपालिका वडा नं ९ शरदपुरमा ॐकार परिवारको सहभागिता र ब्राह्मण समाजको आयोजनामा सम्पन्न श्रीमद्भागवत् विराट ज्ञान महायज्ञबाट कूल १ करोड ० लाख रुपैयाँभन्दा बढी चन्दा रकम संकलन गरिएको छ । महायज्ञको अन्तिम दिन बिहीबार दाताहरूले १४ लाख रुपैयाँभन्दा बढी चन्दा दिएका थिए । ब्राह्मण समाजको सिद्धार्थ बैंक, गरिमा विकास बैंक र एनएमबी बैंकमा रहेको खातामा करिब १ करोड २० लाख रुपैयाँ जम्मा भइसकेको आर्थिक संयोजक रामप्रसाद वस्तीले बताए । जम्मा भएको रकममा चन्दा र जमिन बिक्री भएर आएको पैसा समेटिएको उनले जानकारी दिए । त्यस्तै, महायज्ञमा दाताहरूले ४ सय कित्ता जमिन खरिद गरेर ब्राह्मण समाजलाई प्रदान गरेका छन् । वडा नं ९ शरदपुरमा ब्राह्मण समाजको नाममा रहेको २ कठ्ठा १ धुर जमिनलाई एउटा कित्तामा १.५० वर्ग मिटर क्षेत्रफल पर्ने गरी ६०१ कित्तामा विभाजन गरिएको थियो । समाजले एउटा कित्ताको मूल्य रु २१ हजार १ सय ११ कायम गरेको थियो । सहयोग राशि कबोल गरेका दाताहरूले रकम दान गर्न बाँकी रहेको महायज्ञका संयोजक टंकनाथ पौडेलले जानकारी दिए । महायज्ञबाट संकलित रकमले वृद्धवृद्धा तथा असक्त व्यक्तिको सहयोगार्थ अक्षयकोष स्थापना गर्ने, दिवा सत्संग भवन निर्माण गर्ने, पाञ्चायन मन्दिर निर्माण गर्ने, धार्मिक पुस्तकालय तथा वाचनालय सञ्चालन गर्ने, गुरुकुल शिक्षालाई प्रोत्साहन गर्ने र दैनिक योग कक्षा सञ्चालन गर्ने लक्ष्य लिइएको छ । भवनको शिलान्यास पनि सम्पन्न भइसकेको आयोजकले जनाएको छ । यज्ञमा भरतपुर ९ निवासी डा. कल्याणी मिश्रको परिवारले १ लाख ७ सय ९९ रुपैयाँ प्रदान गरिन् । महायज्ञको मूल कर्ता रहेकी अञ्जना घिमिरेले पाञ्चायन मन्दिर बनाउन सर्वाधिक १३ लाख ५१ हजार रुपैयाँ दान गरिन् । वडा नं ९ कार्यालयले पनि सत्संग भवन र धार्मिक पुस्तकालय निर्माणका लागि १० लाख रुपैयाँ प्रदान गरेको छ । यस्तै, स्थानीय संगम टोल विकास संस्थाले पनि महायज्ञमा १ लाख ९३ हजार १ सय ५५ रुपैयाँ प्रदान गरेको छ । भरतपुर ९ बसपार्कका रमेशलाल पौडेलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरे ।  महायज्ञलाई भरतपुर महानगरपालिका वडा नं ४ लंकू निवासी उमाकान्त सापकोटाले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । त्यसैगरी भरतपुर ४ निवासी फूलनाथ निउरेले  पनि ५१ हजार १ सय ५५ रुपैयाँ प्रदान गरे । यस्तै, पतञ्जली योग समिति चितवनले ३६ हजार मूल्य बराबरको धान दान गरेको छ । डा. कृष्णहरि अर्यालबाट ५० मुरी, बगैंचा टोल विकास समिति चन्द्रनगरबाट १० मुरी, कैलाश टोल भरतपुर ५ बाट २० मुरी र शिवनगर, विष्णुनगर, राधानगरबाट १७ क्वीन्टल धान प्राप्त भएको आयोजकले जनाएको छ  । कार्यक्रमलाई समापन गर्दै महायज्ञका संयोजक टंकनाथ पौडेलले संकलित भएको रकमबाट एक पैसा पनि दुरुपयोग नहुने प्रष्ट पारे । धान्याचलमा संकलित धान भने मानवसेवा आश्रम, श्री रामजानकी बालिका आश्रम र वागेश्वरी आध्यात्मिक परिषद्लाई सहयोग गरिने उनले जानकारी दिए । अन्तिम दिनको कार्यक्रममा ब्राह्मण समाजका केन्द्रीय उपाध्यक्ष ध्रुवराज अर्यालले पनि मन्तव्य राखेका थिए । महायज्ञमा प्रमुख वाचकको रूपमा पण्डित बालकृष्ण अर्यालले दैनिक रूपमा कथा वाचन गर्दै आएका थिए । माघ १५ गतेदेखि ९ दिनसम्म चलेको महायज्ञ अवधिभर हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती, महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरी महाराज, बौद्ध दर्शन प्रवद्र्धधन तथा गुम्बा विकास समितिका प्रवक्ता पेमा दोर्जे लामा, नेता चन्द्र भण्डारी, बाग्मती प्रदेशका प्रदेशसभा सदस्यहरू गीता वाग्ले, कृष्ण भुर्तेल र रीना गुरुङ, । पुर्व सांसद मैयादेवी श्रेष्ठ ,सामाजिक अभियन्ता , नेपाल पत्रकार महायसंघ चितवनका पुर्व अध्यक्षहरु जनक अर्याल , हरि प्रसाद पोखरेल , लगायतका  ॐकार परिवारका विभिन्न सम्प्रदायका संगठन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोह वारहमण समाजका केन्द्रिय उपाध्यक्ष धुव्रराज शर्मा अयाृल, सामाजिक अभियन्ता मिना खरेल , प्रमुख वाचक वालकृण्ण अर्याल  ,रेडक्रस चितवनका सचिव वद्रीनाथ पोखरेल  लगायतका धार्मिक तथा सामाजाकि अभियन्ताहरुले मन्त्वय दिनुभएको थियो । मुल समारोह समितीका संयोजक टंकनाथ पौडेलको अध्यक्षतामा भएको सो समापन समारोहमा महायज्ञका अवसर सहयोग गर्ने विभिन्न महानुभावहरु लाई सम्मान समेत गरिएको छ

प्रतिकृया दिनुहोस