रंगशालामा जारी धनधान्याचल माघ २७ सम्म थपियो


चितवन, २६ माघ
चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन जारी धनधान्याचल महोत्सव एक दिन थप गरिएको छ । धनधान्याचलमा सहयोग गर्ने दाताहरु बढ्दै गएकोले एक दिन थप गरिएको मुल आयोजक समितिका संयोजक बिजय सुबेदीले जानकारी दिनुभयो ।
‘धनधान्याचलमा सहयोगी दाताहरु आउने क्रम बढ्दै गएकोले हामीले एक दिन थप गरेका छौं – उनले भने ।’ अब २६ गतेसम्म हुने भनिएको धनधान्याचल २७ गतेसम्म चल्ने छ ।धनधान्याचलको २७ गते भव्य कार्यक्रमकाबीच समापन गरिने संयोजक सुबेदीले बताए । यस्तै पछील्लो दुई दिनयता प्राप्त सहयोगलाई हेर्दा धनधान्याचलबाट लक्षित रकम उठ्ने देखिएको उहाँले बताउनु भयो ।
सातौ दिनमा आइपुग्दा जारी धनधान्याचल शनिवार मात्रै १५ करोड बढी सहयोग संकलन भएको छ । यो सँगै धनधान्याचलमा अहिलेसम्म करिब ३० करोड पुगेको छ । यस अघी शुक्रबारसम्म १५ करोड संकलन भएको थियो ।
५० करोड उठाउने लक्ष्यका साथ रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव भईरहेको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

प्रतिकृया दिनुहोस