रजत महोत्सवको तयारीमा ,दिव्य ज्योतिजुनेली गुरुङ समाज“


दिव्यनगर , ८ फागुन
पश्चिम चितवनको भरतपुर २६ मा रहेको “दिव्य,ज्योति,जुनेली गुरुङ समाज“ ले रजत महोत्सव मनाउने भएको छ । यस क्षेत्र भित्र बसोबाँस गरेका गुरुङ समुदाय बिच आपसि एकता, सहयोग र सद्भाव बढाउने उद्ेश्यका साथ २०५१ सालम स्थापना भएको समाजले रजत महोत्सव गर्न लागेको हो । समाजले आफ्नो“रजत महोत्सव“ भव्य रूपमा मनाउने निर्णय गरेको समाजका सल्लाकार एव सामाजिक व्यक्तित्व श्री दल बहादुर गुरुङज्युले बताउनु भयो ।रजत महोत्सवको सम्पन्न गर्नका लागि विभिन्न तयारी गरिरहेको र महोत्सव फाल्गुन  १५ गते सुरु गरि १८ गते समापन गर्ने  समाजले जनाएको छ । सो अवसरमा फाल्गुन १५ गते गुरुङ भेषभुषामा सहित भरतपुर २६ वडा भित्र मोटोरसाईकल र्याली एव विबिध सास्कृतिक कार्यक्रम गर्न भएको छ । यसैगरि फागुन १६ गते यसै वडा का अध्यक्ष ज्ञान प्रसाद खनालको प्रमुख आतिथ्यतामा नृत्य , गीत प्रतियोगिता साथै साझँ राष्ट्रिय कलाकारहरुबाट विबिध सास्कृतिक कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष श्रीमाया गुरुङ जानकारी दिनुभयो । उहाँका अनुसार
फागुन १७ गते गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम र राष्ट्रिय कलाकारहरुको उपस्थिीतामा सास्कृतिक कार्यक्रम हुदैछ । फागुन १८ गते अन्य बिबिध कार्यक्रम साथै भेटघाट कार्यक्रम सहित कार्यक्रमको समापन गरिने ै समाजकी सदस्य एव सामाजिक अभियन्ता गिता गुरुङले जानकारीगराउनु भयो । समाजमा ९० घरधुरी आवद्ध रहेका छन् ।

प्रतिकृया दिनुहोस