कोरोनाको कहर ः कतै प्रार्थना कतै भजन

रुपन्देही ,१ चैत - कोरोनाको सङ्क्रमण नेपालमा  नआओस भन्दै  बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना गरिएको छ । लुम्बिनी पर्यटन व्यवसायी सङ्घद्वारा बिहीबार साँझ सो कोरोना सङ्क्रमणले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको  कामना गर्दै मायादेवी मन्दिर परिसरमा प्रार्थना गरिएको हो ।विभिन्न देशका भिक्षु भिक्षुणी, लामा, उपासक उपासिका र पर्यटन व्यसायीको सहभागितामा परित्राण पाठ, शान्ति प्रार्थना र दीप प्रज्वलन गरिएको सङ्घका सचिव पिन्टु कशौधनले जानकारी दिनुभयो । सो भाइ, रसका कारण पर्यटन व्यवसायमा समेत नराम्रो असर परेकाले विश्वबाटै सो कोरोना सङ्क्रमण निर्मूल होस् भन्ने कामना गर्दैप्रार्थना गरिएको उहाँले बताउनुभयो ।

चीनको उहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकाको स्मृतिमा दीप प्रज्वलन तथा प्रार्थना गरिएको छ । नेपाल चाइनिज गाइड एसोसिएसन नेग्गाद्वारा पाटनस्थित ऐतिहासिक एवं धार्मिक महत्व रहेको हिरण्यवर्ण महाविहारमा दीप प्रज्वलन गरी दिवङ्गत आत्माको चिरशान्तिको कामना गरिएको हो ।

सङ्क्रमणबाट दिवङ्गत भएकाहरुको सम्झना तथा उपचाररत बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महाविहारका पुजारी तथा स्थानीयवासीको सहयोगमा प्रज्ञापारमितासमेत पाठ गरियो । दीप प्रज्वलनमा सहभागीले चिनियाँ तथा नेपाली भाषामा ‘उठ चीन, जाग उहान’, ‘कठिन घडीमा–हामी साथमा छौँ’, ‘सङ्क्रमणविरुद्धको जीत निश्चित छ’ लगायतका नारा लोखिएको प्लेकार्ड बोकेका थिए ।भारतमा पनि कोरोनाको प्रभाव रोक्न प्राथना पनि गरिएको छ भने कोरोनाको सक्रमणका सम्बन्धमा  भजन नै तयार गरिएको  छ । कतिले कविता पनि रचेका छन् । भारतका गायक नेरन्द्र चन्चलले कोराना सम्बन्धी भजन निकालेका छन् । गायक चन्चलको सो भजन यतिखेर भाइरल नै भएको छ । कोरोना भाइरस का वारेमा अन्य गायक गायीकाले पनि भजन र गीत गाएका छन् । 

प्रतिकृया दिनुहोस