सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित

काठमाडौं, चैत ७ । कोरोना भाइरसले महामारीको रुप लिएपछि यस वर्ष उपत्यकाको जनबहाःद्यः अर्थात सेतो मछिन्द्रनाथ रथयात्रा स्थगित भएको छ ।

सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यही चैत १९ गतेदेखि शुरु हुने रथयात्रा मात्र स्थगित भए पनि सो बेला धार्मिक रुपमा हुने सम्पूर्ण पूजाविधि भने नरोकिने जनाएको छ ।

बैठकमा गुथि संस्थानया अध्यक्ष हरिनारायण चौधरी, गुथि संस्थान काठमाडौं जिल्लाया अध्यक्ष हरिप्रसाद सुवेदी, सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति र विभिन्न स्थानीय तह र संघसंस्थाया प्रतिनिधिहरु उपस्थिति रहेको थियो । 

 
 
 
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मस्तिष्कलाई असर गर्ने खराब निद्रा वारे जानौ

कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइम...