कोरोनाको सक्रमण नफैलियोस् भन्दै पुजाँपाठ ,रोकियो घोडेजात्रा


चितवन १२चैत ,विश्वभर नैे कोरोना (केभिड १९)को संक्रमण फैलिएको छ । यो संक्रमण नेपालमा नभित्रीयोस् भन्दै नेपालका विभिन्न मठमन्दिर हरुमा पुजाँ आजाँ गरिएको छ । नवलपुरमा रहेको धार्मिक पर्यटकिय गन्त्वय कोरोनाको रोकथामका लागि भन्दै नवलपुरको सिजी शाश्वत धा पूजा गरिएको छ । विश्वभर कोरोनाले प्रभाव पारिरहेका वेला यो महामारी नेपालमा नआयोस् भन्दै उद्योगपति विनोद चौधरीले पुजाँ गर्नु भएको छ । । विश्व कोरोना नियन्त्रणमा लागिरहेका वेला संसद सेमत रहनु भएको का नेपालको उद्योगपति चौधरीले पूजापाठमा गर्नुभएको हो ।
यसैगरि नेपालकै प्रसिद्ध जनकपुरधाममा पनि कोरोना भाइरसको संक्रमणलाई रोक्न भन्दै पूजापाठसमेत शुरु भएको छ । जनकपुरधामस्थित राम मन्दिरमा पण्डितहरुको समूहले कोरोनाको प्रभावबाट सर्वसाधारणलाई बचाउन महामृत्युञ्जय जप शुरु गरेका हुन् । ४ जना पण्डितहरुले बिहीबारदेखि नै सामुहिक रुपमा जप गर्न थालेका छन् । उनीहरु कोरोनाको संक्रमण रोक्न भगवानसँग प्रार्थना गरिरहेको मन्दिरका महन्थ राम गिरीले बताउनु भयो ।

महन्थ गिरीका अनुसार पण्डितहरुले विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म जप गर्दै आएका छन् । उहाँहरु पाँच दिनसम्म जप गर्दै हवन समेत गरिने गिरीले बताए । कोरोनाको संक्रमण फैलिन नदिन सवा लाख मृत्यून्जय जप पश्चात हवन गरिएको
राममन्दिरका महन्थ गिरीले जानकारी दिनुभयो भयो । त्यस्तै बैतडीमा बिभिन्न देविदेवताका मन्दिरहरुमा कोरोना भाइरस नेपाल नभित्रियोस् भन्दै विशेष पूजापाठ सुरु गरिएको छ । दशरथचन्द नगरपालिका वडा न. १ मा अवस्थित निङ्गलाशैनिको मन्दिरमा निंगलाशैनि धार्मिक सेवा समितिले बलिसहित बिशेष पूजाआज गरिरहेको मुखिया सिद्धराज भट्टले बताउनु भयो
त्यसैगरी सुर्नया गाँउपालिका वडा न. १मा रहेको हटैराज र श्रीकेदार मन्दीरमा अविशेकसहित विषेश पूजाआजा सुरु गरिएको वडा अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताउनु भयो ।
कोरोना भाइरस बिरुद्ध खोप नबनेको बर्तमान अवस्थामा पूजापाठका माध्यमबाट मनोबैज्ञानिक असर न्यून हुने निङ्गलाशैनि मन्दिरका मुखिया मानबहादुर बोहराले बताए ।
भारतसँग खुल्ला सिमाना रहेको नेपालका अधिकांश भेगमा दुबै देशका नागरिकहरुको खुल्ला अवागमन भइरहेकाले मनोवैज्ञानिक असर कम गर्न पूजापाठ सुरु गरिएको हो ।

रोकियो घोडेजात्रा

 नेपाली सेनाले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिनमा टुँडिखेलमा आयोजना गर्ने घोडेजात्राका सबै कार्यक्रम कोरोना भाइरसको सङक्रमणके जोखिमका कारण स्थगन गरेको छ । सोमबारसम्म जात्राको तयारी गरिएकामा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि सरकारले मङ्गलबारदेखि देशभर लकडाउन गरेको छ । लकडाउनका कारण नेपाल प्रहरी खटिइसकेकाले आदेश आएमा प्रहरीको सहयोगका लागि खटिन तयारी अवस्थामा बस्नुपरेको उल्लेख गर्दै घोडेजात्राको कार्यक्रम स्थगित गरिएको सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले राससलाई जानकारी दिए । जात्राको प्रभावले थप सङ्क्रमण फैलन सक्ने भएकाले पनि यस वर्ष रोक्नुपर्ने अवस्था आएको सेनाले जनाएको छ । जात्राका लागि टुँडिखेलमा सेनाले सबै तयारी पूरा गरेको थियो । विगत वर्षमा घोडेजात्रामा २४ खेल प्रदर्शन गर्ने गरेकामा यस वर्ष १५ खेलमात्र प्रदर्शन गर्ने सेनाको तयारी थियो । यसका लागि अभ्यास र साजसजावट लगायत तयारी पनि पूरा भएको थियो


 

प्रतिकृया दिनुहोस