आज माता तिर्थ औशी अर्थात आमाको मुख हर्ने दिन

चितवन , ११ वैशाख,नेपालमा हिन्दू संस्कृति अनुसार यो दिवस वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसी को रूपमा परिचित छ। उक्त दिन
आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्। आमा जीवित हुनेहरूले आमालाई मीठा-मीठा परिकार बनाएर ख्वाउँछन्,लुगाफाटो तथा अन्य विविध उपहार

नेपालमा हिन्दू संस्कृति अनुसार यो दिवस वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसी को रूपमा परिचित छ। उक्त दिन
आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्। आमा जीवित हुनेहरूले आमालाई मीठा-मीठा परिकार बनाएर ख्वाउँछन्,लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन्। आमा नहुनेहरू भने यस दिन काठमाडौंउपत्यका को पश्चिम दिशातर्फ थानकोट जानेबाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडकोफेदीमा रहेको मातातीर्थ जान्छन्।आजको दिन दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिकामा रहेको थानकोट नजीकैको मातातीर्थमा मेला लाग्छ  कुण्डमा स्नानगरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दैतर्पण दिन्छन्। मातातीर्थकोपोखरीमा पवित्रमनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शनपाइन्छ भन्ने विश्वास पनि छ। उक्त कुण्डमा हेर्दादिवंगत माताप्रसन्न भै दिएको आशीर्वादकोप्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुखभोग गर्न पाउँछन् भन्ने विश्वास छ। मातातीर्थकुण्डपौराणिक एवं धार्मिक तीर्थस्थल हो।मातातीर्थ औंसीजन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजको दिन मातातीर्थमा रोटी खसेको र उक्त रोटी खसेको ठाउँमा दिवङ्गत आमाका मुख देखेको जनविश्वास छ । द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको थियो ।आजकोदिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो ।

आजको दिन जप्ने संस्कृतको मन्त्र – ।

१. स्नात्वा करोतिम य्: श्राद्धं माघो: कृष्णकुहौ दिने ।
२. वियोग न भवेन्मातु: वार्धक्येऽपी सुनिश्चितंम ।।
३. तृप्ता भवति तन्माता स्नानमात्रेण चात्र वै ।
४. ऋण: प्रमुच्यते सद्धो मातृगर्भस्थितोभ्दवै



प्रतिकृया दिनुहोस