आज साउन महिनाको पहिलो सोमबार,आज नै एकादशी ब्रर्त

काठमाडौं । आज साउनको पहिलो सोमवार । आज नै एकादशी ब्रर्तको पावन दिन पनि परेको छ । श्रद्धालुहरुले एकैसाथ भगवान शिव र विण्णुको आराधना गरेर यो विशेष उत्सव मनाउदै छन् । वैदिक सनातनीहरु मध्ये पनि शिव भक्तहरु शिवालयहरुमा विहानै देखि पुजा अर्चना गर्दे यस दिन मनाउदैछन् भने , विण्णु भक्तहरु भगवान विण्णुको आराधना गरि एकादशी पर्व मनाउदैछन् ।
साउनमा रातो, हरियो पहिरनमा सजिएका महिलाहरु भगवान शिवजीको आराधना गर्ने गर्दछन् । यस दिन शिवजीका भक्तहरु बोलबम यात्रामा निस्कने पनि गर्दछन् ।
यस दिन काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा विहानैदेखि भक्तजनहरु पूजा अर्चनाका लागि पुगेका छन् ।साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ। साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ।
आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास भएकाले विशेष गरी महिला भक्तजनको भीड लागेको छ। पहेलो, रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ।
विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ। सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको छ। यस वर्ष साउनमा चार वटा सोमबार परेको छ। साउन ५, १२, १९ र २६ गते सोमबार परेको छ।
अझ आजै हरिशयनी एकादशी पनि परेकाले भगवान विष्णुका भक्तजनहरु विभिन्न नारायण मन्दिरहरुमा पूजा आराधनाका लागि पुगेका छन् ।

प्रतिकृया दिनुहोस