आज घटस्थापना, बडादसैँ सुरु
नेपालीहरूको महान चाड बडादसैँको पहिलो दिन घटस्थापना देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै नवरात्रको विधिवत् आरम्भ हुन्छ ।
घटस्थापनाका दिन घरघरमा जमरा राख्नुका साथै कलश स्थापना गरी दुर्गा भवानीको पूजा आराधना गर्ने परम्परा छ । सुख, समृद्धि, ऐश्वर्य र मंगलको प्रतीकका रूपमा कलशलाई स्थापना गरी नवरात्रभर विशेष पूजा गर्ने गरिन्छ ।घटस्थापनाका अवसरमा बिहानै शुद्ध स्थानमा विधिपूर्वक पूजा गरी माटो वा बालुवामा जौ छरेर जमरा राखिन्छ । त्यसपछि कलश स्थापना गरी देवी भगवतीको पूजा आराधना गरिन्छ ।
विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ११ बजेर ४७ मिनेटलाई घटस्थापनाको उत्तम साइत तोकेको छ ।घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रूपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्ति पीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

प्रतिकृया दिनुहोस