आज तिहारको चौथो दिन, विधिपूर्वक गाईको पूजा गरिँदै


काठमाडौं : नेपालीहरूको दोस्रो महान् पर्व तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।
हिन्दू धर्ममा गाईलाई 'गौमाता' का रूपमा सम्मान गर्दै पवित्र जनावर मानिन्छ। गाईबाट प्राप्त हुने दूध, दही, घिउ, गोबर र गहुँतको धार्मिक, सांस्कृतिक तथा आयुर्वेदिक रूपमा विशेष महत्व रहेको छ।
शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गर्ने परम्परा छ। यस दिन गाईको विधिपूर्वक पूजा गरी खानेकुरा दिएमा पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ। साथै, धार्मिक मान्यताअनुसार साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा) का दिन हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिनाले मृत्युपश्चात् परलोक जाँदा वैतरणी नदी तारिदिने धार्मिक विश्वास पनि छ।कानूनी रूपमा नेपालको राष्ट्रिय जनावरको रूपमा मान्यता प्राप्त गाईको अभावमा पछिल्लो समय धार्मिक अनुष्ठानहरूमा संकल्प गरी गौदानको विकल्पमा रकम राख्ने चलन पनि बढेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज तिहारको चौथो दिन, विधिपूर्वक गाईको पूजा गरिँदै

काठमाडौं : नेपालीहरूको दोस्रो महान् पर्व तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर ...