बडा दशैको शुभ साइत ११:५३ बजे

काठमाडौं, असोज १ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं. २०८२ सालको बडादशैंका प्रमुख तिथिहरू र शुभ साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालको हस्ताक्षरसहित जारी सूचनामा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मका साइत निर्धारण गरिएको उल्लेख छ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार दशैंका प्रमुख तिथिहरू यसप्रकार रहेका छन् :
१. असोज ६ गते, सोमबार – नवरात्रारम्भ तथा घटस्थापना : बिहान ९:१३ बजे
२. असोज ७ गते, मंगलबार – झण्डा फेर्ने : बिहान ९:५३ बजे (पूर्व मोहडा)
३. असोज ११ गते, शनिवार – श्रीपचली भैरव यात्रा
४. असोज १३ गते, सोमबार – फूलपाती तथा श्री तुलजाभवानी यात्रा : बिहान ७:१७ बजे, स्थिरासन बिहान ९:२३ बजे
५. असोज १४ गते, मंगलबार – महाष्टमी (कालरात्रि)
६. असोज १५ गते, बुधबार – महानवमी
७. असोज १६ गते, बिहीबार – विजयादशमी : देवी विसर्जन बिहान ९:२३ बजे, टीका बिहान ११:५३ बजे (पूर्व मोहडा), श्री तुलजाभवानी यात्रा दिउँसो १२:१९ बजे, स्थिरासन दिउँसो १:१७ बजे, खड्गयात्रा
८. असोज २० गते, सोमबार – अखिल बलिपूर्ती तथा कोजाग्रत व्रत (पूर्णिमा व्रत)

यस वर्षको विजयादशमीको टीका साइत बिहान ११:५३ बजे सुरु हुने समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस