जानकी मन्दिरमा जानकी नवमी पर्व यस वर्ष भने धुमधामले नमनाउने

जनकपुरधाम ,१७, वैशाख । नेपालको प्रसिद्ध धार्मिक तथा ऐतिहासीक भुमी जनकपुरधामको जानकी मन्दिरमा विगतमा भव्यताका साथ मनाइदै आएको जानकी नवमी पर्व यस वर्ष भने धुमधामले नमनाउने जानकी मन्दिरले भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट जोगिन नेपाल सरकारले गरेको वन्दावन्दी (लकडाउन ) कारण यस वर्षको जानकी नवमी पर्व समेत विगतको जस्तै धुमधामले नमनाउने जानकी मन्दिर समितीले जनाएको हो । नेपाल सरकारले लगाएको लकडाउनको पालना गर्दै जानकी नवमीको अवसरमा यस वर्ष कुनै प्रकारको उत्सव नगरिने जानकी मन्दिरका महन्थ रामरोशन दासले बताउनु भयो । उहाँका अनुसार  विगतका वर्षमा जस्तो धुमधाम नभएपनि नवमीका अवसरमा गरिने पुजाँ विधिमा भने सबै गरिने र गरिदै आएको उहाँले प्रकास पार्नुभयो । उहाँले यस वर्ष मन्दिर भित्रै जानकी जन्मोत्सवको अवसरमा ९ दिनसम्म पूजा अराधना गरिने महन्थ दासले बताउनु भयो । उहाँले गत वैशाख १२ गते प्रतिपदाको दिन घटस्थापना गरि प्रत्येक साझँ मन्दिरमा आरती गरिरहेको जनाउनु भयो । सो आरती ९ दिनसम्म नै गरिने र आरतीको सामाजीक सञ्जाल र सञ्चार माध्यबाट समेत लाईव प्रसारण पनि गरिरहेको महन्थ दासले बताउनु भयो । यस वर्ष वैशाख २० गते जानकी नवमी परेको छ । महन्थ दासले विश्वभरी कोरोना महामारी फैलिएकोले यस वर्षको जानकी नवमीका दिन साझँ ७ बजे सबैले घर घरमै विशेष आरती गर्न तथा दिपोत्सव गर्न आग्रह गरेका गर्नुभएको छ । अन्य वर्षमा यतिबेला जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिर दुलहीझैँ सजाइएको हुन्थ्यो । रङ्गीचङ्गी बिजुलीबत्ती र मनमोहक फूलहरूले मन्दिरलाई झकिझकाउ पारिन्थ्यो । बिहान र साँझ श्रद्धालु भक्तजनहरू भीड लाग्थ्यो । मन्दिरमा जन्मोत्सवमा गाउने गीत गाइन्थ्यो । देश विदेशका साधुसन्तको आगमनले मन्दिर भरिभराउ हुन्थ्योl यस वर्ष भने त्यस्तो विगतको जस्तो नत मन्दिरमा भव्य सजावट गरिएको छ ,नत साधुसन्त देशविदेशबाट आउन थालेका छन् मन्दिरका स्थानियहरु समेत घरममा नै बसेर वैशाख १२ गते देखि साझँ मा आरती गरि जानकी मातालाई सम्झिएका छन् । जानकी भगवानको जन्म नेपालको जनकपुरमा त्रेतायुगमा भएको थियो । उहाँको विवाह भारत अया्ध्याका नरेश राम भगवान सगँ भएको थियो । उहाँले भौतिक आफ्नो भौतिक देह भने चितवनको वाल्मिीकी आश्रमको धर्तिमा नै समाहित गर्नुभएको शास्त्रमा उल्लेख गरिएको छ । सो आश्रममा अहिले पनि लवकुश ले खेलेका , सीता भगवानले पानी भर्ने कुवाँ लगात उहाँले पातल (धर्ति) प्रवेश गरेको भन्ने विभिन्न परातात्विक महत्वका अवशेषहरु देख्न पाहिन्छ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माडीको कालभैरव मन्दिरमा गजुर हालियो मौला गाडियो

मंसिर,,२८ माडी । चितवनको दक्षिणमा रहेको  माडी उपत्यकाको सेतो पहिरोस्थित कालाभैरवको मन्दिरमा ४ दिन...