चितवनका विज्ञानाचार्य पन्तको भारतमा निधन ,काजकिरिया भने चितवनमा गरिदै


सृजना अर्याल ,
चितवन ,२ जेठ। मानवीय मुल्यको रक्षाका लागि अनवरत लागिरहेका चितवन का ठाकुर प्रसाद (टीपी) पन्तको निधन भएको भएको छ । केहि समय देखि फोक्सो क्यान्सरका विरामी विज्ञानाचार्य रुपमा परिचित ठाकुर प्रसाद पन्तको गत वैशाखको २१ गते निधन भएको हो । चितवन भरतपुर महानगरपालीका ८ गौरीगञ्जका स्थाई वासिन्दा उहाँको भारतको विहार प्रान्तको जयनगर मधुवनिमा ५७ वर्षमा निधन भएको थियो । जीवन, जगत र शान्तिका वारेमा लामो समय देखि खोज र अनुसन्धानमा लागिरहने पन्त १९९२ मा युरोप पुग्नु भएको थियो । उहाँ ७ वर्ष जति युरोपका विभिन्न मुलुकमा वसेपछि पुन १९९९ मा नेपाल र्फकिनु भयो । त्यसपछि उहाँ सन् २००४ भारतका विभिन्न ठाउँमा वसेर मानवता संम्बन्धि नयाँ खोज र अनुसन्धानमा जुट्नु भयो । उहाँ अहिलेसम्म प्रकाशित दर्शन र शास्त्र भन्दा फरक किसिमको जीवन जगत्लाई बुझ्ने अभियानका साथ भारतका विभिन्न सन्तमहन्तसगँ समिपमा रहेर आफ्नो खोज र अनुसन्धानको यात्रालाई अगाडि बढाउनु भएको थियो यसै क्रममा उहाँका बालान्क्रेसि , रिसुरफेक्सन अफ द एनिसेन्ट ईन्डीयन कस्मोलोजी , पोभर्टी सोसियल क्राइम एण्ड टेरोरिजम अफ साउथ एसिया र वाकअप इेन्डियन लिडर भन्ने ४ पुस्तकहरु प्रकाशित भएका छन् । उहाँले एक नेपाली सहित अंग्रेजी र हिन्दीमा तीन पुस्तकहरु लेखिरहनु भएको पारिवारिक स्रोतले पनि जनाएको छ । उहाँले केहि समय अगाडि आफ्ना चितवनका मित्र परशुराम पान्डेलाई किताबहरु लेखिरहेको बारे जानकारी गराउनु भएको पान्डेले बताउनुभयो । उहाँले जीवनको सत्यका तीन आधारहरु समाजको सत्य , व्रहाण्डको र ईश्वरको सत्य भएको आफुले महसुुस गर्न थालेपछि आफ्नो खोज अनुसन्धानको यात्रा नै कठिन बनेको समेत बताउनुहुन्थ्यो ।
उहाँको निधन पश्चात भारतीय समाज साथै सम्पुर्ण मानवसमुदायलाई अपूरणिय क्षति पुगेको भारतका सञ्चारमाध्यमहरुले समचार प्रकाशीत गरेका छन् । भारतबाट प्रकाशित हुने दैनिक भाष्कर , प्रभात खबर ,नवभारत टाइम्स लगायतका प्रत्रिकाहरुमा उहाँको निधनका खबरहरु छापिएका छन् । भारतका पत्रिकाहरुले स्व . पन्तको युरोपेयिन जस्ता विकसित राष्ट्रहरु अर्थ विज्ञानमा आधारित भएको जुन प्राकृतिक रुपमानै असन्तुलीत भएको भन्ने विचार वर्तमानमा सत्य सावित भएको उल्लेख गरेकाछन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९को कारण विज्ञानाचार्य पन्तको सोच अनुरुप हुदै गएको भन्न सकिने समेत भारतिय सञ्चारमाध्यमले समचारमा समेटेका छन् । भारतका विभिन्न संघसस्थाले मानवजीवन र जग्तको खोज रअनुसन्धानमा ठुलो योगदान दिएको भन्दै उहाँलाई विभिन्न सम्मानहरु समेत दिइएको थियो । उहाँको जन्म चितवनको गौरीगञ्जमा आमा मिन कुमारी पन्त र बुवा स्व. सूर्य प्रसाद पन्त को कोख बाट वि.स २०१९ साल जेठ ३० मा भएको हो । उहाँको वुवा पन्त चितवनको तत्कालिन भरतुर गाउँ पञ्चायतको पहिलो प्रधानपञ्च हुनुहुन्थ्यो । प्रधानपन्च पन्तको निधन भने २०२६ सालमा नै भएको थियो । स्व.पन्त चार दाजू भाई मध्येका साईला हुनुहुन्थ्यो , उहाँको एक बहिनी हुनुहुन्छ । उहाँको २ दाजु मध्येका जेठा दाजुु गौरी शंकर को पनि ५७ वर्ष को उमेर निधन भइसकेको छ । उहाँको १ छोरा सुमित र १ छोरी सुस्मिसा पन्त र २ श्रीमतीहरु ऐश्वर्या पन्त र जापानीमूलकी युकी कोहोता हुनुहुन्छ । उहाँको छोरा सुमित चेस खेलाडी हुनुहुन्छ । उहाँको छोरा सुमितले चेस खेल प्रतियोगीतामा दक्षिण एसियमा नै उत्कृष्ट उपाधि हासिल गर्नु भएको थियो ।उहाँ सानैदेखि जिज्ञासु स्वभावको हुनुुहुन्थ्या ,उहाँको पढाई पनि सानै देखि राम्रो थियो ।उहाँ विद्यालय स्तरको कक्षा मा पनि सधै प्रथम नै हुनुहुन्थ्यो चितवतनको चितवन मावी बाट उहाँले प्रवेशिका उतिर्ण गर्नु भएको हो ।त्यसपछि उहाँ काठमाडौको अमृत साइन्स कलेजमा विज्ञान विषय लिएर पढ्नुभयो । आईएसी पास गरेपछि भने उहाँ युरोपियन मुलुक जर्मन जानु भएको परिवारले जानकारी दिएको छ । विज्ञानाचार्य पन्तले चितवनमा केहि समय राजनीति पनि गर्नु भयो । उहाँका साथी कुल प्रसाद सापकोटाका अनुसार वि.स २०३५÷ ३६ सालतिर उहाँ विद्यार्थी आन्दोलन गर्नुहुन्थ्यो । उहाँले अनेरास्ववियु एकता पाँचौ चितवनको सहअध्यक्षको रुपमा समेत काम गर्नु भएको थियो । उहाँ युरोपको सुविधासम्पन्न रहनसहन भन्दा नेपाल भारतको संस्कार, परम्परा नै उच्च रहेको भन्दै युरोपको सुविधासम्पन्न बसाईँ त्यागेर नेपाल फ्रकनु भई पछि भारतमा बस्न थाल्नुभएको उहाँका निकटका साथीहरुले बताउनुभयो । भारतमा रहने क्रममा उहाँ हिडेर नै गुजरात पुग्नु भएको र गुजरातको सावरमती देखि हिडेर नै भारतको राजधानी दिल्लीसम्म पुग्नु भएको थियो । उहाँ भारतका विभिन्न ऐतिहासीक भुमिहरु हरिद्धार,ऋषिकेश ,बोधगया अन्मोडा , वृन्द्धावन ,राँची लगायतका ठाउँहरुमा उहाँ वस्नु भएको थियो । पछिल्लो समयममा भने उहाँ विहारको मधुवनीमा उहाँ पन्ती कोहता सगँ बस्दै आउनु भएको थियो । उहाँको पथ पछ्याउनेहरु पनि धेरै नै भएको बताइन्छ । उहाँको शिष्यका अनुसार उहाले लेख्नुभएको किताबहरुले वर्तमानका युवाहरुलाई समेत शहि मार्ग देखाउने खालको छ ।उहाँको अन्तिम सस्कारका कार्यक्रमहरु मध्ये काजकिरिया भने चितवन गौरीगञ्ज स्थित निवासमा गरिएको उहाँका कान्छा भाई राजु प्रसाद पन्तले जानकारी दिनुभयो । भाई पन्तका अनुसार उहाँको पत्नी ऐश्र्वय र छोरा सुमितले १३ दिने काजकिरिया भने चितवनमा नै ३ दिन अघि देखि गरिरहेका छन् । विज्ञानाचार्य पन्तको निधनले पन्त परिवार नै शोकमा डुबेको कान्छा भाई राजु पन्तले बताउनु भयो । उहाँले भन्नुभयो“ परिवारको लागि भन्दा पनि समाजलाई सहि दिशा दिने अभियान र हाम्रो पुर्विय सस्कृतिको संरक्षणको खोज अनुसन्धानमा अनवरत लागिरहनु भएको साइला दाजुको निधनले हामी मर्मामत भएका छौ ”।

प्रतिकृया दिनुहोस