पतञ्जलि योग समिति नेपालले छैटौ योग दिवस मनाउने


चितवन ,असार ,३ । योग र आयुर्वेदको क्षेत्रमा कार्य गर्दे आएको पतञ्जलि योग समिति नेपालले आगामी असार ७ गते परेको छैटौ योग दिवस मनाउने भएको छ । पतञ्जलि योग समिति नेपालसगै पतञ्जलि योगपिठ नेपाल , महिला पतञ्जलि योग समिति र पतञ्जलि युवा नेपाल पतन्जलि योग समिति नेपालसगँ आवद्ध सबै योग समिती जिल्ला शाखा र शाखा अन्तरगत का योग केन्द्रहरुमा योग अभ्यास गरेर योग दिवस मनाउन लागिएको हो । लकडाउनका विच मनाउन लागिएको योग दिवस मा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सुरक्षा सर्तकता अपनाएर योगअभ्यास गरिने । पतञ्जलि योग समितीका केन्द्रिय सदस्य हरि बहादुर केसीले जानकारी दिनुभयो । उहाँले जानकारी दिनुभयो ।पतन्जलि योग समिती चितवनले पनि दिवसका अवसर पारेर असार १ देखि जिल्लाका सबै योग केन्द्रहरुमा योगअभ्यासका कार्यक्रम शुरु गरेको छ ।सामाजीक दुरी कायम गरि जिल्लाका सबै योगकेन्द्रमा योग अभ्यासको कार्यक्रम गरिरहेको समिती चितवनका अध्यक्ष राम प्रसाद ओस्तीले जानकारी दिनुभयो ।उहाँले हरेक रोक र कोरोना भाइरस लगायतको संक्रमणबाट बच्न पनि दैनिक योगअभ्यास आवश्यक रहेको बताउनुभयो । सन् २०१५ , जुन ६ देखि विश्वभर अन्तारष्ट्रिय योग दिवस मनाउन लागिएको हो । पछिल्लो समयमा मानिसहरु निरोगीताका लागि दैनिक योगअभ्यास गर्न लागेका छ न् । दैनिक योगाअभ्यासले साध्य तथा असाध्य रोग निदानमा सहयोग पुग्ने । पतञ्जली योगपिठ हरिद्धारका ट्रष्टी ,योग समिति चितवनका संरक्षक उमाशंकर अग्रवालले बताउनु भयो ।

प्रतिकृया दिनुहोस