आज हरिशयनी एकादशी,घर,मठ मन्दिरहरुमा तुलसीको बिरुवा रोपिदै

चितवन , असार १७
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका आज परेको हरिशयनी एकादशीका दिन घरघरमा तुलसीको बिरुवा रोपेर चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ ।
एक महिनाअघि जेष्ठ शुक्ल (निर्जला) एकादशीका दिनमा घरहरु लगायत मठमन्दिर , आश्रमहरुको तुलसी मठमा छरिएको तुलसी दलको बिरुवा आज मठमा रोपिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजाआजा गरिन्छ ।आजको दिन भगवान विण्णुको प्रतिकका रुपमा घरमठमन्दिरहरुमा तुलसी रोप्ने गरिन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मास पनि भनिन्छ । ४ महिनापछि हरिवोधनी एकादशी सम्म यो चतुमार्स वर्त मनाउने गरिन्छ ।
एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।
एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडा ेलगायत फलाहार
एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडा ेलगायत फलाहार पनि गर्ने गरिन्छ ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण, देवघाटधाम लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको बाक्लो विगतका वर्षहरुमा रहने गर्दथ्यो । यस वर्ष भने कोरोना भाइरसका कारण देशभरका मठमन्दिरमा दशनार्थीहरुको घुइचो लाग्न छैन । सबैले घर घरमा नै स्नान गरी तुलसी पुजा आरधना गर्न भएका छन् ।भविष्योत्तर पुराण्मा एकादशीहरुको महिमा प्रष्टसँग वर्णन गरिएको छ । ब्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ ।

भर्खरै एउटा विदेशी स्वास्थ अध्यन केन्द्रले गरेको अध्ययनमा समय समयमा व्रत बस्नाले स्वास्थ राम्रो हुने र अध्यात्मिक शुद्धिसम्म हुने पुष्टि भएको छ । सनातन धर्म र रितीहरु यस हिसाबले कति वैज्ञानिक छन् भन्ने पनि पुष्टि पनि गर्दछ ।


वैज्ञानिकरूपमा पनि बढी अक्सिजन दिने र रातमा पनि अक्सिजन दिने बहुउपयोगी झारको प्रजातिको तुलसी विभिन्न रोगका उपयोग गरिन्छ । यो रोपिएको ठाउँमा वातावरण स्व्च्छ हुने बताइन्छ ।

प्रतिकृया दिनुहोस