भोली गुरुपूर्णिमा ,व्यास जयन्ती एवं बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश दिनुभएको दिन

यस वर्षको गुरुपुर्णिमा भोली आइतवार परको छ । 'गुरुपूर्णिमा'लाई अषाढ पुर्णिमा, व्यास जयन्ती, कबीर जयन्ती भनिन्छ ।कोभिड १९ को जोखिमका कारण विगतका वर्षहरु जस्तो भव्यताका साथ गुरुपुर्णिमाका कार्यक्रमहरु यस वर्ष आयोजना भएका  छैनन्  पूर्वीय दर्शन अर्थात हाम्रो सनातन हिन्दू धर्ममा गुरूको महत्त्व अतुलनिय रहेको पाहिन्छ । 

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ ।

संस्कृत भाषामा 'गु'को अर्थ अन्धकार र 'रू'को अर्थ नष्ट गर्ने हो। आफ्ना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरु ब्रह्माविष्णुमहेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ .यस्ता गुरुलाई  शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । ब्रह्मा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसैले भनिएको छ
गुरुब्र्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर : ।
गुरुःसाक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।
अर्थात् गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ । यस्ता साक्षात् पर ब्रह्म गुरुलाई नमस्कार छ ।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्य देवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् ।आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।द्वापर युगको अन्त्यतिर कौरवपाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूणिर्मा अर्थात् त्यसै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो। आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र त्यसै दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ। । हिन्दू मान्यताअनुसार संगीतलगायत ६४ कला सिकाउने, गायत्री-दीक्षामन्त्र-वेदमन्त्र दिने आचार्य, उमेर-बुद्धि-बल-अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटिमा पर्छन्। विद्यार्जनका लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो। । गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले त्यसै दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीहरूले मनाउने गरिआएका छन्।

प्रतिकृया दिनुहोस