आजबाट सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु ःमहामारीका बिचको श्राद्ध कसरी गर्ने ,रोकिए कहिले गर्ने ?

चितवन भदौ १७।
आजबाट प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरू भएको छ । आफ्ना दिवंगत पितृहरुका नाममा सोह्र श्राद्धमा तर्पण, सिदादान र पिण्डदान गरिने गरिन्छ । पितृहरूका नाममा गरिने सोह्र श्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।
यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । पितृकार्यलाई शास्त्रहरूमा देवकार्यभन्दा ठूलो मानिएको छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित रहेका छन् ।
पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा माधव भट्टराई भन्छन ।‘सोह्र श्राद्धमा केही नगरी बसे पितृ असाध्यै रुष्ट हुन्छन्, तिथी पर्खेर बसेका हुन्छन्। त्यसैले सन्तानले पिण्डपानी दिएपछि तृप्त हुँला भनेर पर्खिएकाले समयमै गर्नुपर्छ’, ्, ‘अन्यथा पितृ निराश हुन्छन्। उनीहरूमा सुस्केरा आउँछ। पितृ रिसाए सन्तानको सुख, समृद्धि हरण हुन्छ भन्ने मान्यता छ।’

विश्वव्यापी रुपमा फैलिएको कोरोनाले नेपालमा पनि महामारीको स्वरुप ग्रहण गर्न थालेको छ । यसबाट बच्न गत चैतदेखि बन्दाबन्दी, निषेधाज्ञा लगायत विधि अपनाइएको छ । श्राद्धका लागि कर्ता (श्राद्ध गर्ने मानिस), ब्राह्मण (श्राद्ध गराउन जान्ने मानिस) र श्राद्ध सामग्रीको आवश्यकता पर्दछ ।

कारणवश श्राद्ध रोकिएमा के गर्ने ?

कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्म अनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउछन्।

यस वर्ष असोज महिनाभर अधिकमास भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ । भदौको पितृपक्ष अर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुने समितिका अध्यक्ष गौतमले बताए ।

यस अवसरमा काठमाडौै उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाटधाम, त्रिवेणीधाम लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गर्दैथ्यो । तर कोरोना महामारीका कारण जारी यिनषेधाज्ञाका मानिस जम्मा हुन सक्ने अवस्था छैन । अर्काको घरमा पितृश्राद्ध गर्न हुदैन भन्ने मान्यता पनि रहेको छ । यसै शास्त्रीय मान्यताका आधारमा तीर्थमा गई श्राद्ध गर्ने गरिएको हो ।
यस्तो अवस्थामा तर, कोरोना महामारी बढिरहेकाले भेटघाट, जमघटको परिस्थिति छैन। यस्तो अवस्थामा सोह्र श्राद्ध कसरी गर्ने? धेरैमा पनि चिन्ता छ । कतिले नेट ,जुम लगायत भर्चअल विधिबाट पनि श्राद्ध गर्न सक्ने सुझाएका छन् । भने यस्तो विद्यीबाट शास्त्रमा श्राद्ध गर्ने मान्यता नभएको पनि धार्मिक विज्ञहरुको मत रहेको छ । तर समय र परिस्थिती हरेक कार्य गर्नपर्ने विभिन्न मतहरु पनि रहेका छन् । शुद्ध मन र भावले पितृहरुको सम्झना मा गरिने श्राद्ध सिदादान पिण्डदान केहि गर्न नसके दक्षिण तर्फ फकिएर पितृको सम्झना गरि गर्न पनि सकिने केहिको मत पनि रहेको छ ।
अन्तर धार्मिक परिषद् नेपालका सचिव केशवप्रसाद चौलागाईंका अनुसार कोरोनाका कारण घरघर पुगेर सोह्र श्राद्ध गर्नुभन्दा प्रविधिको प्रयोग गरी कार्यसिद्धि गर्नु उपयुक्त हुन्छ। ‘इन्टरनेट भएपछि घण्टौं बोले वा भिडियो कल गरे पनि सहजै छ’, उनी भन्छन्, ‘पुरोहितसँगको भिडियो कन्फरेन्स गरेर सिक्दै श्राद्ध गर्न सकिन्छ, संस्कार पनि बच्छ।’

प्रतिकृया दिनुहोस