वुवाको सोह्र श्राद्धको तिथिमा गौसेवक र गाईलाई सहयोग


चितवन भदौ १७। लायन्स क्लब अफ चितवन राईजका अध्यक्ष तथा सनराईज बैंक लि, भरतपुरका शाखा प्रवन्धक तथा युवा समाजसेवी अर्जुन अर्यालले आफ्नो बुबा झलकराज अर्यालको आज परेको सोह्र श्राद्धको पुण्य तिथिमा आर्थिक सहयोग गर्नुभएको छ ।
भरतपुर १ मा रहेको श्री वागिश्वरी आध्यात्मिक परिष्दबाट सञ्चालित योगि नरहरिनाथ गौ संरक्षण केन्द्रमा रहेका गौ सेवक गाईहरुको लागि रु ५१०० सहयोग आज वुधवार सहयोग गर्नुभएको हो । कोरोना महामहारीका कारण आश्रममा रहेका गौ सेवक देनिक खानपान का लागि र आश्रममा संरक्षित गाईहरुको दानापानि का लागि केहि सहजहोस् भनेर सहयोग बुबाको सोह्र श्राद्धको पुण्य तिथीमा सहयोग गरेको नराईज बैंक लि, भरतपुरका शाखा प्रवन्धक अर्यालले बताउनु भयो । उहाँको वुवाको आज परेवा तिथि कादिन सोह्र श्राद्धको तिथी परेको छ । उहाँको बुबा झलकराज अर्यालको २०४७ साल चैत्र १६ गते ४५ वर्षको उमेरमा निधन भएको थियो । कोरोना महामारीका कारण जिल्लामा जारी निशेधाज्ञा का कारण आफु स्वयं परिवारका साथ आश्रममा नपुगेको बताउदै उहाँले गौ संरक्षण केन्द्रका अध्यक्ष राम प्रसाद ओस्तीलाई उक्त रकम प्रदान गर्नुभएको छ । गौ संरक्षण केन्द्रका अध्यक्ष ओस्तीले सबैको सहयोगले आश्रम चलेको बताउदै पितृपक्षमा नेपालका स्थानिय गाईहरुको संरक्षण गरिएको आश्रममा सहयोग गर्नु महापुण्य हुने बताउनु भयो । उहाँका अनुसार आश्रममा १ सय ६० भन्दा बढि गाईहरु रहेका छन् ।
आजबाट प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरू भएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आफ्ना दिवंगत पितृहरुका नाममा सोह्र श्राद्धमा तर्पण, सिदादान र पिण्डदान गरिने गरिन्छ का साथै यस्ता सहयोगका कार्यक्रमहरु पनि आफ्ना पितृहरुको सम्झनामा गर्ने गरिन्छ । ।
यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ । सोह्र श्राद्धमा गरिने पिण्ड ,सिदा लगायतका दानहरुले पितृहरु तिप्त हुन्छन् भन्ने मान्यता रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माडीको कालभैरव मन्दिरमा गजुर हालियो मौला गाडियो

मंसिर,,२८ माडी । चितवनको दक्षिणमा रहेको  माडी उपत्यकाको सेतो पहिरोस्थित कालाभैरवको मन्दिरमा ४ दिन...