स्थाई प्रहरी चौकीमा निमार्णाधिन दुर्गा मन्दिर उद्घाटन

भरतपुर १६ शरणपुरमा रहेको अस्थाई प्रहरी चौकीमा निमार्णाधिन दुर्गा मन्दिरको शनिवार महाअष्टमी पर्वको विशेष अवसर पारेर उद्घाटन गरिएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले सो मन्दिर एक समारोह बिच उद्घाटन गर्नु भएको हो । मन्दिर निमार्ण उपभोक्ता समितीका संयोजक श्री कृण्ण दवाडीको अध्यक्षतामा भएको सो कार्यक्रममा भरतपुरमहानगरपालिका वडा १६ का अध्यक्ष अमृतराज हमाल , श्री सेती देवी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नन्द प्रसाद भट्ट , पूर्व अध्यक्ष दिपक अधिकारी , सचिव दुर्गा सोडारी , , अस्थाई प्रहरी चौकी शरणपुरका प्रहरी प्रमुख आलम मित्र लगायतको उपस्थिती रहेको थियो । करिब २ लाख रुपैयामा सो मन्दिर निमार्ण गरिएको मन्दिर निमार्ण उपभोक्ता समितीका कोषाध्यक्ष विण्णु भट्ट जानकारी दिनुभयो । मन्दिर निमार्णको लागि श्री सेतीदेवी वन नगद २५ हजार सहित वालुवा ,गिटी सहयोग गरेको वन उपभोक्ता समुहका अध्यक्ष भट्टले जानकारी दिनुभयो । सो मन्दिर निमार्णका लागि कन्चनजङ्घा बचत तथा ऋण सहकारी सस्थाले १० बोरा सिमेन्ट लगायत स्थानियहरुको सहयोग रहेको मन्दिर निमाणका सचिव सोडारीले जानकारी दिनुभयो । अस्थाई प्रहरी चौकीमा शक्ति स्वरुपा दुर्गाभवानीको मन्दिर निमार्ण गरिएकोमा स्थानियहरु खुशी प्रकट गरेका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...