लकुंमा सञ्चालित एक महिने महायज्ञको समापन


माधव सापकोटा

      चितवन , १० ,कार्तिक ।
धार्मिक नगरीका रुपमा परिचित भरतपुर(४,लंकु,चितवनमा रहेको श्री लक्ष्मीवैकुण्ठनाथ मन्दिरको नव निर्माण , अक्षयकोष स्थापना एवम् भूमिदानका लागि सहयोग जुटाउने लक्ष्यका साथ गत असोज १० गतेदेखि प्रारम्भ भएको विश्व जनजागरणात्मक एकमहिने श्रीमद्भगवद्(राम कृष्ण कथामृत )ज्ञान महायज्ञ २०७७को महानवमी कोे दिन आइतवार समापन भएको छ ।श्रीलक्ष्मीवेङ्कटेश देवस्थानम् बत्तीसपुतली, काठमाडौँका मठाधीश स्वामी पद्मधराचार्यको प्रमुख आतिथ्य एवम् भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम स्वामी जगन्नाथाचार्यको सभापतित्वमा सम्पन्न भएको थियो। मन्दिर संचालक समितिका सचिव कमलनयन कँडेलको स्वागत मन्तव्य एवम् मन्दिरद्वारा संचालित गुरुकुलका विद्यार्थीहरूबाट स्वस्तिवाचनका साथ सुरुवात गरिएको थियो । कोरोना महामारीका कारण सुरक्षा सर्तकताका साथ सञ्चालित सो महायज्ञ मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यको निर्देशन एवम् ईश्वरकृष्ण महाराजको व्यवस्थापनमा भएको थियो । उक्त समारोहमा स्वामी कृष्णमाचार्य, महायज्ञ सम्पादन समितिका सदस्य डा.गोपीनाथ कँडेल, कालिका संस्कृत विद्यापीठ गैंडाकोटका प्राचार्य रामचन्द्र कँडेल,तुलसीकृत रामायणका नेपाली छायानुवादक आचार्य तुलसीराम शर्मा,भूमिदान महायोजनाका सह(संयोजक सोमनाथ सापकोटा,मन्दिर संचालक समिति एवम् नव मन्दिर निर्माण समितिका उपाध्यक्ष सावित्री कँडेल, नव मन्दिर निर्माण समितिका सह(कोषाध्यक्ष टीकाराम कँडेल लगायतले बोल्नुभएको थियो। महायज्ञमा विभिन्न शीर्षकमा बोलकबोल र संकलित गरी चार करोड त्रिपन्न लाख उनान्सय हजार तीन सय तिरासी रूपियाँ संकलन भएको महायज्ञको सचिवालयले जनाएको छ। एकमहिने महायज्ञको समग्र कार्यक्रमको संचालन फूलनाथ निउरेले गर्नुभएको थियो।
समारोहमा शुकदेव भागवत आश्रमका उत्तराधिकारी लक्ष्मणाचार्य,मन्दिरद्वारा संचालित गुरुकुलका पूर्व प्रधानाध्यापक आचार्य दामोदर सापकोटा , वर्तमान प्रधानाध्यापक डा.लक्ष्मीनाथ कँडेल,कलाधर अर्याल,श्रीराम कँडेल लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा महायज्ञका परिकल्पनाकार ईश्वरकृष्ण महाराज तथा महायज्ञका कथाव्यासहरू यशोदादेवी कौण्डिन्य,नारायण न्यौपाने ’श्रीकृष्णचरणामृत’,किशोरशरण महाराज र डा.चक्रपाणि आचार्यलाई अभिनन्दन पत्रले सम्मान गरिएको थियो।

 

प्रतिकृया दिनुहोस