श्रीरामचरित मानस सुन्दर काण्डको माडीको प्रस्तावित अयोध्याधाममा सङ्गीतमय पारायण हुँदै

चितवन , १५ कार्तिक । श्रीरामचरित मानस सुन्दर काण्डको चितवनको माडीको प्रस्तावित अयोध्याधाममा संगीतमय पारायण हुने भएको छ । आयोध्या अध्ययन, अनुसन्धान तथा व्यवस्थापन समिति माडी र रामजानकी अनुसन्धान एंवम अध्ययन मण्डल (श्रीराम(श्रीराम संस्था) अमेरिकाको ) संयुक्तआयोजनामा माडी–९ गणेशकुञ्जमा श्रीरामचरित मानसको सुन्दर काण्डको कथा पारायण हुन लागेको हो । आउँदो कार्तिक १८ गते  विहान १० बजेदेखि सुरु गरिने  हिजो शुक्रवार माडीनगरपालिकामा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाली सुन्दर काण्ड सङ्गीतमय पारायणको बारेमा जानकारी दिंदै श्री रामजानकी अनुसन्धान एवम् अध्ययन मण्डल (श्रीराम संस्था) अमेरिकाका प्रतिनिधि पण्डित तुलसीराम शर्मा कंडेलले नेपाली सुन्दर काण्डको सङ्गीतमय पारायण गरिने बताउनुभयो । उहाँका अनुसार सङ्गीतमय पारायण करिव २ घण्टाको हुनेछ ।  उहाँले स्थानिय सगै  विभिन्न कलकारहरुबाट सङ्गीतमय पारायण गरिन लागेको जानकारी गराउन भयो ।कार्यक्रममा  प्रमुख अतिथि माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालप्रमख रहनु भएको थियो  । सो अवसरमा बोल्दै प्रमुख अतिथि ढकालले 

 प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएको अयोध्या सम्बन्धी विषयलाई सफल बनाउनको लागि माडी नगरपालिकाले माडी ७ को कृष्णनगर पार्कलाई स्थान छनौट गरी केन्द्रमा पठाइसकिएको धारणा राख्नुभएको थियो । शास्त्रीय वर्णनअनुसार साविक अयोध्यापुरीको भुगोल मिल्दो देखिएकाले माडी नगर पालिकाले अयोध्या अध्ययन अनुसन्धान र व्यवस्थापन समिति गठन गरेर अध्ययन अनुसन्धान गर्दै रामधाम निर्माणको प्रक्रियालाई अगाडि बढाइएको  उहाँले बताउनुभयो। प्रस्तावित माडीको अयोध्याधाम निर्माणमा सघाउन अमेरिकामा बसोबास गरेका नेपालीले श्रीराम संस्था गठन गरेका छन् । माडी–१ बरुवा जन्मघर भएका इञ्जिनियर थलराज पन्तको अध्यक्षतामा भदौ २६ गते संस्था गठन भएको छ । अमेरिकाको टेक्सासमा सचिवालय रहेको संस्थाको पुरा नाम  श्रीरामजानकी अनुसन्धान एंवम अध्ययन मण्डल हो । सचिवालय समिति प्रमुखमा विष्णु अधिकारी, आर्थिक समिति प्रमुखमा चार्टड एकाउन्टेन्ट विलाश उपाध्याय, अयोध्यापुरी गुरुयोजना एवम् अनुगमन समिति प्रमुखमा प्रेम पौडेल र सुचना र सञ्चार समिति प्रमुखमा परशुराम भण्डारी हुनुहुन्छ । अयोध्यापुरीको एनआरएन अभियान समितिमा बुद्धिसागर सुवेदी तथा अयोध्यापुरी संस्कृति एवम् पुजा समिति संयोजकमा तुलसीराम शर्मा कंडेल रहनुभएको छ  । माडी नगर पालिकाका प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष शिवहरी सुवेदीको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा माडी नगरपालिका वडाध्यक्षहरु, अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका प्रतिनिधिहरु, सामाजिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो   ।असार २९ गते भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्म नेपालको आयोध्यापुरीमा भएको अभिव्यक्ति दिएपछि चितवनको माडीमा रहेको अयाध्यापुरी क्षेत्र यतिखेर चर्चामा रहेको छ । माडी नगरपालिकाले त्यसको अध्यन अनुसन्धानका कार्यहरु अगाडी बढाएको छ । 

प्रतिकृया दिनुहोस