चितवनको माडीमा रामचरितमानस’ सुन्दर काण्डको साङ्गीतिक पाठपारायण

 


चितवन , कार्तिक १९  श्रीराम भगवानको जन्मभूमिबारे अनुसन्धान भइरहेको दक्षिण चितवनको माडीस्थित अयोध्यापुरी क्षेत्रमा नेपाली रामचरितमानस’ सुन्दर काण्डको मंगलवार भव्यताका साथ साङ्गीतिक पाठपारायण गरिएको छ ।
अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवं अध्ययन मण्डल अमेरिकाको संयुक्त आयोजनामा सामूहिक पारायण माडी नगरपालिका ९, गणेशकुञ्जस्थित राम मन्दिर परिसरमा आयोजना गरिएको हो । समितिका अध्यक्ष नारदमणि पौडेलको अध्यक्षता सम्पन्न उक्त १ दिने कार्यक्रमको माडीनगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले प्रधानमन्त्रीकै पहलमा माडीमा रामधाम बनाउने योजना अघि बढिरहेको बताउनु भयो । उहाँले धार्मिक सद्भाव बढाउन पनि यस्तो कार्यक्रमले सहयोग पुग्ने भनाईराख्नु हुदै माडीको समग्र विकासमा अयोध्याधाम अभियानलाई सबैले हातेमालो गर्न समेत आग्रह गर्नुभयो । रामचरितमानस सुन्दर काण्डको साङ्गीतिक पारायण कार्यक्रम अयोजना गरिएकोमा खुशी व्यक्त गरिएको प्रधानमन्त्रीले केपी शर्मा ओलीले पठाउनु भएको लिखित शुभकामना संदेश समेत वाचन गरिएको थियो । कार्यक्रम अध्यक्ष पौडेलले सो शुभकामना सन्देश वाचन गरी सुनाउनुभएको थियो । उक्त सुभकामना संदेशमा रामधाम निर्माणको अभियानमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद समेत दिएको थियो ।
गोस्वामी तुल्सीदासद्वारा सोह्रौं शताब्दीमा अवधी भाषामा लिखित सो पुस्तक उ अयोध्यापुरी संस्कृति एवम् पुजा समिति संयोजक पण्डित तुल्सीराम शर्माले नेपालीमा छायाँ अनुवाद गर्नुभएको हो । सोही ग्रन्थको सुन्दर काण्डको साङ्गीतिक पाठपारायण शुरु गरिएको हो । सो कार्यक्रममा साथै श्रीरामजानकी अनुसन्धान एंवम अध्ययन मण्डल अमेरिकाका इञ्जिनियर अध्यक्ष थलराज पन्तले भर्जुवल शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने
माडी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदीले स्वागत मन्तव्य राख्नुभएको सो  नेकपाका प्रतिनिधी  श्री प्रसाद दवाडी , कांग्रेसका प्रतिनिधि शोभाकर चापागाई , लगायतले सुभकामना मन्तव्य  शु व्यक्त गर्नुभएको थियो भने राम प्रसाद भण्डारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो  त्यसैगरी राष्ट्रिय कलाकारहरु पण्डित दिवाकर शर्मा र पुरुषोत्तम शास्त्रीले बाद्यवादन सहित नेपालीमा अनूदित रामचरित मानस पुस्तकको सुन्दर काण्डको पारायण गर्नुभएको हो थियो भने कलाकार हरि योञ्जनले माडीका विशेषता र रामधाम निर्माणको अभियानमा जागरण ल्याउने गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा माडी कै नगर उपप्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, वडाध्यक्षहरु एवं राजनैतिक दलका प्रतिनिधीहरु लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा सोहि स्थानमा निर्मित श्रीराम मन्दिरको पनि प्रमुख अतिथि ढकालले उद्घाटन गर्नुभएको थियोे ।समाजसेवी हरिलाल आचार्यले आफ्नो दिवंगत आमा आमा पार्वती मल्ल आर्चायको सम्झनामा सो मन्दिरको निमार्ण गर्न सहयोग गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

गर्मीमा बेलफल खानुका यस्ता छन् फाइदा

अषार, ३ चितवन । औषधीय गुणले भरिपूर्ण बेलफल  खानु अत्यन्तै स्वास्थयवद्धक मानिन्छ ।  एक अत्यन्तै औष...