तथ्यांक विभागमा राष्ट्रिय जनगणना २०७८का लागि धार्मिक संघसस्थाको ध्यानाकर्षण पत्र

  काठमाडौ , कार्तिक २६ ।विभिन्न धार्मिक संघसस्थाहरुले हिजो मंगलवार केन्द्रीय तथ्यांक विभाग काठमाडौमा  राष्ट्रिय जनगणना २०७८ सम्बन्धी ध्यानाकर्षण पत्र पेश गरेका छन् ।सो कार्यक्रममा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका महासचिव अस्मिता भण्डारीले ध्यानाकर्षण पत्र वाचन गरि तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठ लाई  हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा डा माधव भट्टराई , विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा रामचन्द्र अधिकारी,किरात धर्मका प्रतिनिधि ,श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय अध्यक्ष श्याम के सी र विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका महासचिव अरुणकुमार पाण्डेले जनगणनामा धार्मिक क्षेत्रको चासो र चिन्ताको विषयमा विचार राख्नुभएको थियो ।
ध्यानाकर्षण पत्र पेश गर्न विभिन्न धार्मिक संस्थाको प्रतिनिधित्व रहेकोमा जैन धर्मका डा नमन उपाध्याय, शिख धर्मका ज्ञानी सिंह, लामा गुरु खिल बहादुर थिङ, श्रीकृष्ण प्रणामी युवा संघका अध्यक्ष भोला दाहाल, विश्व ज्योतिष महासंघका महासचिव आचार्य सन्तोष वाशिष्ठ, नेपाल पुरोहित संघका उपमहासचिव पं देवीप्रसाद लम्साल, दक्षिण यशियाली ज्योतिष महासंघका महासचिव आचार्य लक्ष्मण पन्थी, सत्य साई केन्द्र गौशालाबाट अञ्जु कोइराला, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका कोषाध्यक्ष श्याम क्षेत्री, राष्ट्रिय समितिका केन्द्रीय सदस्यहरु ज्यो पं दीपक सुवेदी, अर्चना शर्मा लगायतको प्रतिनिधित्व रहेको थियो । 
 ध्यानाकर्षण पत्र  रहेका मागहरु  

१) नेपालमा संविधानतः धर्म निरपेक्षता लेखिएको विरोधमा सनातन हिन्दु धर्ममा आस्था राख्ने नागरिकहरु आन्दोलित हुँदै अझ सचेत र सक्रिय बन्दै गएको सन्दर्भमा हिन्दु धर्मावलम्बी ॐकार परिवारको संख्या विगतमा भन्दा बढेको हुनुपर्ने हाम्रो ठहर छ । तथापि राष्ट्रिय जनगणना २०७८ मा ॐकार परिवारको जनसंख्या प्रतिशत घटाउने प्रपञ्च विभिन्न शक्ति केन्द्रहरुद्वारा भैरहेको सुनिएको र सो सूचना हामीलाई विभिन्न किसिमले प्राप्त भएको हुँदा यस्तो कार्य किमार्थ नहोस् र सो विषयमा केन्द्रीय तथ्याङ्क विभाग सचेत तथा गम्भीर भई सही तथ्याङ्क मुलुकलाई उपलब्ध गराउने कार्यमा कटिबन्ध रहोस भन्ने ध्यानाकर्षण गराउँदछौँ ।

२) राजपत्रमा प्रकाशित राष्ट्रिय जनगणनाको नमूना फारममा उल्लेखित धार्मिक महलमा दशवटा धार्मिक सम्प्रदायका अतिरिक्त ‘अन्य’ समेत भनी खडा गरिएको हुँदा सनातन हिन्दु धर्मावलम्बी ॐकार परिवारका सम्प्रदायलाई टुक्र्याएर लेखिदिने सम्भावना भएकोले ‘अन्य’ भन्ने महल हटाउनका निम्ति माग गर्दछौँ ।

३) राष्ट्रिय जनगणना २०७८ को अभिलेख सम्बन्धित स्थानीय तहमा समेत राख्न र हरेक नागरिकले जनगणनामा आफूले लेखाएको विवरण हेर्न र सच्याउनका लागि निश्चित समय सिमाको व्यवस्था गरियोस् । गलत विवरण अद्यावधिक गर्ने गणकलाई पारिश्रमिक फिर्ता गराई दण्डित गर्ने व्यवस्था गरियोस् ।

४) जनगणनामा गणक तथा पर्यवेक्षक नियुक्ति गर्दा यस अघिको जनगणनाको प्रतिशतका आधारमा कम्तिमा ८१.३ प्रतिशत हिन्दुसहित ९४ प्रतिशत ॐकार परिवारको संख्याको आधारमा सम्बन्धित कर्मचारी नियुक्ति गरियोस् ।

५) यस सन्दर्भमा सचेतनामूलक कार्यक्रम, तालिम, गोष्ठी, सेमिनाचार, प्रचारप्रसार, अनुगमन, परिवेक्षण अन्तत्र्रिmया आदिका निम्ति उपस्थित धार्मिक संघ संस्था र महासंघका जिल्ला शाखाहरु समेतसँग सहकार्य गरी जनगणना २०७८ लाई सफल पार्नका निम्ति विश्व हिन्दु महासंघ क्रियाशील रहने छ ।२०६८ तथ्यांकअनुसार दश वटा धार्मिक समुदाय रहेका छन् । जसमा हिन्दू, बौद्ध, इस्लाम, किरात, क्रिस्चियन, प्रकृति, बोन, जैन, बहाई र शिख रहेका छन् । आगामी जनगणनाको मुख्य प्रश्नावलीमा तिनै धर्मलाई संकेत (कोड नम्बर) आधारमा राखिएका छन् । जनसांख्यिक फारामको महलमा ‘... ले कुन धर्म मान्नु हुन्छ ?’ प्रश्न समावेश गरिएको छ । 

मेरो गणना, मेरो सहभागिता’ नारासहित २०७८ जेठ २५ गतेदखि असार ८ गते (पन्ध्र दिन)मा देशभरि एकसाथ जनगणना हुनेछ । त्यसका निम्ति चैत ९ गतेदेखि २३ गतेभित्र नमुना जनगणना हुनेछ । नमुना जनगणनालाई प्रत्येक प्रदेशबाट २ जिल्लाका दरले १४ जिल्लाका ५५ वडामा सञ्चालन गरिने छ । जसमा प्रदेश १ को पाँचथर र मोरङ, प्रदेश २ को धनुषा र पर्सा, प्रदेश ३ मा मकवानपुर र काठमाडौंमा हुनेछ ।

 

त्यसैगरी गण्डकी प्रदेशको बाग्लुङ र कास्की, प्रदेश ५ मा रूपन्देही र प्यूठान, सुदुरपश्चिम प्रदेशको कैलाली र दार्चुला र कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा हुनेछ । ती जिल्लाका करिब ११ हजार ६ सय १० घरपरिवारमा नमुना जनगणना हुनेछ । अन्तरक्रियामा प्रकृति धर्म उल्लेख गर्ने बाहेक सबै धर्मका प्रतिनिधि सहभागी रहेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोटिहोम एकैसाथ १ हजार ८ कन्याको पुजन गरिदै

भरतपुर । योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी कोटिहोम महायज्ञमा भोलि (शनिबार) एक हजार भन्दा बढी ...