गुञ्जनगर सञ्चालन भइरहेको गुरुकुल बचाऔ महायज्ञको आज उद्घाटन


गुञ्जनगर, ८ ,मंसिर । पश्चिम चितवनको गुञ्जनगरमा रहेको श्री परमानन्द स्मृति वैदिक बिद्या भवन गुरुकुल को शैक्षिक उन्नति र भौतिक संरचना निर्माणका लागि यहि मंसिर ६ गतेबाट बाट संचालनार्थ एक महीने महायज्ञको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
सो उद्घाटन समारोहका प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा १८ का अध्यक्ष दिपक लामा प्रमुख अतिथि रहनु भयको थियो । महायज्ञको उद्घाटन गर्दे उहाँले ५ कठठा मात्रै जग्गा रहेको गुरुकुलमा अहिले महानगर बाट थप १० कठठा जग्गा गुरुकुललाई उपलब्ध गराउन सकेकोमा खुशी व्यक्त गर्नु भयो । अध्यक्ष लामाले आफ्नो कार्यकाल सकिए पनि आफ्नो ब्यक्तिगत तर्फबाट भनेपनि गुरुकुलको लागि सधै नै सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । कार्यक्रमा सपुर्णानन्द सस्कृत बिश्व बिद्यालयका पुर्ब प्राध्यापक तथा श्री लक्ष्मी बैकुण्ठ नाथ मन्दिर भरतपुर ४ लङकुका पिठाधिस स्वामी जगन्नाथचार्यले गुरुकुल मात्र नभई पश्चिम् चितवनको यो क्षेत्रमा रहेको गुरुकुललाई बिश्व बिद्यालय बनाउन सबै एक जुट भएर लाग्नु पर्ने धारणा राख्नुभयो । उहाँले गुरुकुललाई संरक्षण मात्रै नभई सुधार गरेर गुरुकुललाई सहयोग गर्न आह्वान गर्नूभयो । कार्यक्रममा कथावाचक पन्डित ईश्वर रेग्मी, विश्वजागरण महा अभियानका संस्थापक ईश्वरकृष्ण महाराज ,श्री निवास बेदान पिठ देबघाटधामका सस्थापक एवं संरक्षक नेपाल बिधा भुषण ब्यासाचार्य डा.स्वामी चक्रपाणि आचार्य,प्रखर कथा वाचक श्री बुद्धिसागर भण्डारी मृदुल , बिद्यालय ब्यबस्थापनका अध्यक्ष मुक्तिनाथ ढकाल,परमानन्द सस्कृत गुरुकुल देबघाटका प्राचार्य डा.बलराम बर्माचारी,नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक डा.गोपीनाथ कंडेल , भरतपुर १९ का वडाध्यक्ष कर्णबहादुर गुरुङ,भरतपुर १८ का वडा सदस्यहरू जितबहादुर तामाङ ,सरिता नेपाली,बाबुराम राना,ज्योत्स्ना ढकाल, ,गुरुकुल व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू श्रीलाल अधिकारी, मोतिलाल ढकाल ,खेमनाथ शास्त्री, लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो। एक महिना सम्म सञ्चालनमा रहने महायज्ञमा आज बिद्यालय ब्यबस्थापनका पूर्व अध्यक्ष एब सर्वाधिक दान दाता खेमनाथ सुवेदी शास्त्रीले गुरुकुलमा २ वटा सदस्यता लिनु हुँदै नगद रु.२लाख ११ हजार १ सय १० रुपैया पनि आज नै प्रदान गर्नु भएको थियो ।कोरोना भाइरसबाट बच्न धेरै भिडभाड नगराई उपस्थित महानभाव हरुमा सामाजिक दुरी कायम गरेर संचालन भएको कार्यक्रममा सहजकर्ता को भुमिका भने गुठियार लिलाकान्त भट्टराईले गर्नुभएको थियोे । कार्यक्रम महायज्ञ सम्पादन समितिका संयोजक जगन्नाथ कंडेलको अध्यक्षता सम्पन्न भएको थियो ।शैक्षिक क्षेत्रको भौतिक र सर्वङ्गिण विकास का लागि यो महायज्ञ सञ्चालन गरिएको बताउनु हुँदै उपस्थित सबैको साथ सहयोगको लागि संयोजक एबं कार्यक्रमका अध्यक्ष जगन्नाथ कन्डेलले सबैलाई धन्यवाद समेत दिनु भयो ।

प्रतिकृया दिनुहोस