एकादशी व्रत :आज या भोली यस्तो छ !विज्ञहरुको मत

ठुली एकादशी कैले ?यो सोधाइ नेपाल,भारत,भुटान,बर्मा लगायतका नेपाली मूलका सवै व्यक्तिले सोध्ने गर्छन्।हरिशयनीमा तुलसी रोप्ने र हरिबोधिनीमा तुलसीलाई पूजा गरि भगवान् विष्णुसंग विवाह गरिदिने मुख्यदिनका दिन जो सकेको पूजा आजा गर्ने,कन्दमूल,फलहरू चढाउने ,अन्न नखाई फलाहार ग्रहण गर्ने,भक्ति गर्ने ,घाँस,दाउरा,मेलापात आदि शारीरिक श्रम गर्न नसक्ने वा नगर्नेले ,वेदाध्ययन नगर्नेले,श्रमिक गृहस्थी बाहेकले उपवास बस्ने हुँदा धर्मभीरू जनताको हितमा पहिले यदाकदा सरकारले विदा जारी गर्थ्यो।
अन्य वैष्णवजनले सदावर्त जुनसुकै एकादशीमा ब्रतबस्ने हुँदा वैष्णव सम्प्रदायको शास्त्रमा द्वादशीसंयुक्त दिनमा अतिशय पुण्यदायी भएकाले भोलीपल्ट बस्छन्।लाग्दो तिथि छोड्दो व्रत को अर्थ पनि एकादशीव्रतमा रूढ बन्न गयो।
सनातन वेदवृक्षभित्र सवै शाखा अटाउँछन्।तर थरगोत्र आ-आफ्नै भएझैं शाखा पनि उत्तरे भारते वर्षे शुक्लं माध्यन्दिनीयकम् अनुसार हामी सवैले माध्यन्दिनीयवाजसनेय शाखाध्यायी शर्मा/ वर्मा/गुप्त/दास ...अहम् आदि सङ्कल्पवाक्यलाई पुन: संझनुपर्यो- राजनीतीमा धर्तीको माटो संझे झैं!अपवाद बाहेक धेरै टाडा जानुपर्दैन ,पढेलेखेका आफ्नै हजुर्बा या कुप्राबाले के परम्परा गरि आउनुभएको थियो? त्यो सन्मार्गलाई पछ्याए पुग्छ।
दशमीविद्धा एकादशी कसैले पनि लिंदैन।तसर्थ विद्धा र शुद्धा एकादशीबारेमा केही बूँदाहरू -
(१) एकादशीको दिन सूर्योदयकालमा दशमी भए स्मार्तसम्प्रदायका मतमा "विद्धा" हो।
(२) सूर्योदयदेखी चार घडी पहिले " अरुणोदय" काल हुन्छ ,त्यसमा दशमी भए वैष्णवमतमा विद्धा हुन्छ।
(३) सूर्योदयदेखी ५घडी,कसैकामतमा अर्धरात्रीपछी पनि दशमी रहे वल्लभसम्प्रदायमा विद्धा हुन्छ।
(४) द्वादशी जुनदिन समाप्त हुन्छ त्यसको पहिलोदिन व्रत गर्नु यो हेमाद्री को मत हो।
(५) एकादशी वा द्वादशी वृद्धि भए एकादशी छोडेर भोलीपल्ट व्रत गर्नु यो वैष्णव मत हो।
यो देशमा यी सवै मतहरू अवलम्बन गर्नेहरूका आआफ्ना प्रमाण यथेष्ट छन्।कुनै एउटैमात्र लाद्न खोज्नु वेदवाह्य हो।विभिन्नतामा एकता रहोस्।अन्यथा विश्वभरका "गुप्त वा प्रकटित पादरीहरू" ले नयाँ खरानीघस्ने जोगी तुल्याई (यो सूर्योदयको दिनगन्ती काम छैन ,राती १२ बजेपछी अर्को दिन लाग्छ भनाउँछ कि? तारीखमा सञ्चालन गर्ने रिहर्सल भैरहेकोछ ।सवैलाई चेतना भया!!
©डा. अानन्दप्रसाद घिमिरे
हरिबाेधनी एकादशीकाे व्रत यही मंसिर १० गते लिने कि ११ गते लिने भन्ने द्विविधा धेरैभएकाे र धेरैले जिज्ञासा राख्नुभएकोले सबैको जानकारिकालागि निम्न प्रमाणहरु जुटाइएको छ विचार गर्नु हाेलाः-
दशमी पञ्चपञ्चाशद् घटिका चेत् प्रदृश्यते ।
तर्हि चैकादशी त्याज्या द्वादशीं समुपाेषयेत् ।।
दशमी पलमात्रेण त्याज्या चैकादशी तिथिः ।
मदिराविन्दुपातेन त्याज्याे गङ्गाघटाे यथा ।।
एकादशी यदा वृद्धिं द्वादशी च यदा गता ।
तदा परा ह्युपाेष्या स्यात् पूर्वा वै द्वादशीव्रते ।।
गर्गसंहिता मा.खण्ड ८। ३२-३४
अर्थात् यदि एकादशीकाे अघिल्लाे दिन
दशमीतिथि ५५ घडी भन्दा ज्यादा छ भने त्यस(दशमी)काे भाेलिपल्ट पर्ने एकादशी तिथि व्रतलिन अयाेग्य मानिन्छ । याे भनाइ अनुसार ९ गते दशमी तिथि ५५ घडि ३ पला छ । त्यसैले त्यसकाे भाेलिपल्ट १० गते पर्ने एकादशी तिथि व्रतलिन याेग्य भएन । एक पला मात्र पनि दशमीले छाेएकाे छ भने पनि त्याे दिन एकादशीव्रत लिन उपयुक्त हुदैन, जसरी गङ्गाजल भरिएकाे भाँडाेमा एक थाेपा मात्रै मदिरा पर्याे भने त्याे गङ्गाजल पूर्णरूपले त्यागिन्छ ।
बहुवाक्यविराेधेन सन्देहाे जायते यदा ।
द्वादशी तु तदा ग्राह्या त्रयाेदश्यान्तु पारणम् ।।
गरुडमहापुराण आचारखण्ड -१२५
त्यस्ताे अवस्थामा यदि सन्देह हुन्छ भने द्वादशीकादिन एकादशीकोव्रत गर्नु र त्यसकाे भाेलिपल्ट यानिकी त्रयादशीकादिन ब्रतपारण गर्नु । यी माथि उल्लेख गरिएकाे शास्त्रकाे वचन अनुसार यसपालिकाे एकादशीव्रत ११ गते बिहीवारका दिन लिनु नै उपयुक्त हुनेछ । अर्थात् कुनै पनि एकादशीव्रत २ दिन पर्न गएमा निश्चिन्त भएर दाेस्राेदिन पर्ने एकादशीकाे दिन व्रत गर्नुपर्छ भन्ने आशय बुझियो । त्येसैले अहिलेको हकमा मंसिर ११ गतेनै #एकादशी_ब्रत_बस्नुपर्ने देखियो ।मदन मौदगल्य उपाध्याय
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोटिहोम एकैसाथ १ हजार ८ कन्याको पुजन गरिदै

भरतपुर । योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी कोटिहोम महायज्ञमा भोलि (शनिबार) एक हजार भन्दा बढी ...