ज्योतिष पंडिन्त सापकोेटालाई श्रद्धान्जली

लंकु २२ ,मंसिर ।
झुल्केर जली जीवन भरी उज्यालो छरेर
अनाथ दुखी जनको सेवा मनको गरेर
मंसिर दश मिर्मिरे पाँच बजेको मौकामा
एक्कासी चढ्यौ संसारबाट छुटाउने नौकामा
प्रस्तुत कविताका हरफ हुन् श्री लक्ष्मी बैकुण्ठनाथ मन्दिर भरतपुर ४ लंकुका पिठाधिश स्वामी जगन्नाथाचार्यको । उहाँले मन्दिर का साथै त्यहाँ सञ्चालीत विद्या प्रतिष्ठान गुरुकुल सञ्चालमा सहयोग गर्नुहुने ज्योतिष पंन्डित लिलाधर सापकोटाको सम्झनामा लेख्नु भएको हो । ज्योतिष सापकोटा दिवंगत हुनुभएको १२ दिनको पुण्य तिथीका सन्दर्भमा मन्दिरले आयोजना गरेको श्रद्धान्जली अपर्ण कार्यक्रममा यस्तै कविताले भरिएका समवेदना पत्र समेत परिवारजनलाई उहाँले हस्तान्तरण गर्नुभएको छ । सो समवेदना पत्रमा उहाँ को जीवनीका वारेमा नै कविताका हरफहरु नै रहेका छन् । श्री लक्ष्मी बैकुण्ठनाथ मन्दिर सञ्चालक समिति अध्यक्ष स्वामी जगन्नाथाचार्यले ज्योतिष सापकोटाको निधनले धार्मिक संघसस्थालाई पनि अपुरणिय क्षति पुगेको बताउनु भयो । उहाँले ज्योतिष पंन्डित सापकोटाको काव्यमय जीवनी लेखिएको समवेदान पत्र पनि परिवारलाई हस्तान्तरण गर्नुभयो । सो काव्यमय जीवनी स्वामी जगन्नाथाचार्य आफैले लेख्नु भएको हो । उहाँ दिवंगत हुनुभएको मा विभिन्न संघसगठनहरुले पनि श्रद्धान्जली दिनुभएको छ । श्री गण्डकी नारायणी महाआरती परिषद् , धर्मपथ टोल विकास सस्था ,कमलनगर टोल विकास सस्था, ,,लगायतले समवेदना पत्र सहित उहाँलाई श्रद्धान्जली अपर्ण गरेका छन् । उहाँको गत मंसिर १० गते आफ्नै निवास लंकु धर्मपथटोलमा ८९ वर्षको उमेरमा निधन भएको हो । उहाँको श्रीमती भगिरथी सापकोटा , ४ छोराहरु माधव ,जगन्नाथ , तुलसीराम र नारायण रहनु भएको छ । त्यस्तै ३ छोरीहरु लक्ष्मी ,कण्डेल ,नर्मदा भन्डारी र विमला पाडेल रहुनभएको छ । गुल्मी बागलुङ जिल्लाको गलकोटमा जन्मनु ुभएका उहाँ २०४४ देखि भरतपुर ४ लंकुमा वस्दै आउनु भएको थियो । विभिन्न धार्मिक का साथै सामाजीक सस्थामा सक्रिय उहाँ ज्योतिष विधामा त्यस क्षेत्रकका चर्चित हुुनुहुन्थ्यो । धेरैले ज्योतिष पंन्डितका रुपमा उहाँलाई चिन्दथे । उहाँ सानै देखि कुवा खन्न, चौतारा निमार्ण पानी पधेरो का लागि सक्रिय हुनुहुन्थ्यो । बागलुङ ,चितवन ,नवलपरासी लगातका विभिन्न ठाउँमा धार्मिक मठ मन्दिर निमार्ण का लागि पनि उहाँले धेरै नै सहयोग गर्नुभएको थियो ।सानैका वडा काममा बबा अति नै साहसी
अघि नै सर्ने जे काम पनि र्न ती नहटी
पिताका ाथी बनेर बने चौतारा पखरी
ती बाटा कुला बनेथे ठूला क्यै ढिला नगरी
काव्यात्मक समवेदनामा यस्ता हरफहरु नै रहेका छन् ।

 

प्रतिकृया दिनुहोस