खरेलको सम्झनामा वैदिक धर्म परिषद् द्धारा श्रद्धाञ्जली सभा


लंकु , २९ मंसिर ।वैदिक धर्म परिषद चितवनकी अध्यक्ष सावित्रि कडेलकी ममतामयी माता झगेडी खरेलको देहावसान भएको आज ५ दिनको औं पुण्य तिथिका दिन वैदिक धर्म परिषद् र वैदिक युवा परिषदले श्रद्धाञ्जली सभा अर्पण गरेको छ ।

वैदिक धर्म परिषदका जिल्ला उपाध्यक्ष कृष्ण न्युरेको अध्यक्षतामा सम्पन्न श्रद्धान्जली कार्यक्रममा वैदिक धर्म परिषद केन्द्रिय उपाध्यक्ष धुर्वराज अर्याल,वैदिक धर्म युवा परिषद्का अध्यक्ष प्रताप कडेल,उपाध्यक्ष विश्वनिधि अर्याल , चितवन अध्यक्ष अर्जुन सापकोटा साथै विभिन्न धार्मिक व्यक्तित्वहरु मन्तव्य राख्नुभएको थियो । उहाँको छोरी मिना खरेलले नेपालको महिला अधिकारका क्षेत्रमा लामो योगदान दिनुभएको छ े । उहाँ सगै उहाँका परिवार सबै विभिन्न धार्मिक तथा सामाजीक क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँको ८५ बर्षको उमेरमा उहाँको आफ्नै निवास भरतपुर ५ लंकुमा निधन भएको थियो । उहाँको २ छोरा ९ छोरी रहनु भएको छ । उहाँ पनि सानैदखि धार्मिक तथा सामाजीक क्षेत्रमा सकृय हुनुहुन्थ्यो ।

 

प्रतिकृया दिनुहोस