बालिका आश्रमको तीनतले भवनको महानगर प्रमुख दाहलले गर्नुभयो जगपुजा




देवघाटधाम , पुष ,१
भरतपुर १ देवघाटमा सञ्चालित श्री राम जानकी बालिका आश्रम देवघाटको लागि तीन तल्ले पक्की भवनको शिलान्यास (जग पूजा ) गरिएको छ् ।
मंगलपुर भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले लोककल्याण सेवा प्रतिष्ठानद्धारा संचालित आश्रमको भवनको शिलन्यास गर्नु हुनुभएको ।
भरतपुर महानगरले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा भवन शिलन्यास गरिएको हो ।
भवन शिलन्यास कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले आश्रम निर्माणको लागि महानगरले भोगअधिकारको लागि जग्गा उपलब्ध गराएको बताउँदै महानगरले आश्रम निर्माणका लागि २० लाख बजेटमै छुट्याएको बताउनु भयो ।
उहाँले भवन तोकेको समयमा गुणस्तरीय रुपमा निर्माणको लागि आग्रह गर्दै थप सहयोगको लागि महानगर सधै तत्पर रहेको प्रतिबद्धता पनि जनाउनु भयो साथै महानगर प्रमुख दाहालल सबै धर्म, संस्कृतिको जगेर्ना र विकासमा प्रतिवद्ध रहेको बताउनुभयो । आश्रमकी अध्यक्ष सावित्री टण्डनले ३९ जना बालिकालाई परिवारको खोजी गरि परिवारमा पुर्नस्थापना गरिएको बताउनुभयो । “आश्रममा साँघुरा भवन थिए, अब सरकार र स्थानीय दाताको सहयोगमा भवन बनाउदै छौँ”, उहाँले भन्नुभयो, “सबैको सहयोग भएमा निर्माण छिटै हुनेछ ।” ३ करोड भन्दा बजेटमा निर्माण हुन लागेको भवनका लागि सामजिक विकास मन्त्रालय वाग्मतीले २० लाख छुट्याएको प्रतिष्ठानका महासचिव रामेश्वर खनालले जानकारी दिनुभयो ।
भवन निर्माणकै लागि भवनको जग पुजाको दिननै भरतपुर ४ लंकुका गुरुप्रसाद सापकोटाले ४ लाख, भरतपुरकै कृष्णप्रसाद घिमिरेले १ लाख सहयोग गरेको महासचिव खनालले बताउनु भयो । उहाँले केही भक्तहरुले कोठा निर्माण का सहयोग गर्ने आश्वासन पाएको समेत बताउनुभयो । जग पुजाकै सन्र्दभमा नारायणगढ पुजा श्रृगांरका सञ्चालब डब्लु पट्वाले पनि आश्रमका ३२ बालिकाहरुको लागि सेनेटरी प्याड, साबुन , ब्रस लगायतका सामाग्री सहयोग गर्नुभएको छ । उहाँले आश्रमलाई यस अघि पनि विभिन्न सहयोग गर्दे आउनु भएको छ । आश्रममै हुर्केकी २० वर्षिय उमा महेश्वरी लोक कल्याणी नेपालकै कम उमेरकी भागवत वाचक हुनुहुन्छ ।
उहाँले हालसम्म १८ ठाउँमा भागवत पुराण सुनाइसक्नुभएको छ । आश्रममा रहेका बालिकाले नजिकैको सिताराम माविबाट औपचारिक शिक्षा लिन्छन् भने विहान बेलुका योगा, संगीत र धर्मशास्त्रका कक्षा हुने गर्छन् । कार्यक्रममा गुणराज दाहालले सामुहिक सहयोगले आश्रम व्यवस्थित बन्दै जाने बताउनुभयो । आश्रममा देनिक भोजनका लागि विभिन्न जिल्लाका १ सय ५० बढीले देनिक भोजनको अभियानमा जोडिसक्नु भएको छ । आश्रम सञ्चालनमा मासिक डेढ लाख खर्च हुने गर्छ । आश्रममा २१ जिल्लाका ३२ बालिका आश्रीत छन् । स्थानीय प्रशासनको सिफारिसमा आश्रमले अभिभावकविहिनलाई आवासीय सुविधा दिदै आएको छ ।उनीहरु मध्ये कक्षा १० सम्म अध्यन गर्नेले देवघाटमा नै रहेको सिताराम सस्कृत माविमा अध्यन गर्दै आएका छन् ।
भवन निर्माण समितिका अध्यक्ष केदारनाथ तिमिल्सिनाले आश्रममा सडकमा बेवारिसे भेटिएका, घर परिवारबाट टाडिएका,बाआमा गुमाएर बेसहारा बनेका बालिकाहरूलाई संरक्षण गर्दै आएको बताउनुभयो । कार्यक्रममा भरतपुर महानगर वरिष्ठ इन्जिनियर विराट घिमिरे, भ.मनाप १का वडा सदस्य हरु , ,इन्जिनियर शुर्दसन महर्जन न्यौपाने वन्धु समाज चितवनका अध्यक्ष रामहरि न्यौपाने ,श्री वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमका उपाध्यक्ष रा प्रसाद वस्ती , साहित्यकार बालकृण्ण थपलिया , समाजसेवी मेघराज कण्डेल , प्रतिष्ठान का केन्द्रिय समिति ,जिल्ला समिति , लगायत, विभिन्न दाताहरुको उपस्थीती रहेको थियो ।

 

प्रतिकृया दिनुहोस