खरेलको सम्झनामा श्रद्धान्जली अर्पण


लंकु ,१ पुष । यौनजन्य हिसां विरुद्धको साझा अभियान चितवन संयोजक, आर्दश गृह भरतपुरका अध्यक्ष महिला अधिकारकर्मी मिना खरेल आमा झगेडी(पार्वती) खरेलको निधन भएको ७ औ दिन पुण्य तिथिमा हिजो मंगलवार महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघसस्थाहरुले श्रद्धान्जली अर्पण गरेका छन् । यौन जन्य हिसां विरुद्धको साझा अभियान चितवनका उपसंयोजक संगीता भट्टराईको अध्यक्षतामा भएको सो श्रद्धान्जली सभामा वाग्मती प्रदेश सभा सदस्य रिना गुरुङ ,संविधानसभा सदस्य अन्जनी श्रेष्ठ ,जिल्ला समन्वय समिति चितवनका उपाध्यक्ष मुना श्रेष्ठ लगायत चितवमा महिला अधिकारका क्षेत्रमा कार्यरत महिलाको उपस्थिति रहेको थियो । उहाँ को गत मंसिर २४ गते ८५ बर्षको उमेरमा उहाँको आफ्नै निवास भरतपुर ५ लंकुमा निधन भएको थियो । उहाँको २ छोरा ९ छोरी रहनु भएको छ ।उहाँको छोरी सावित्री कण्डेल , छोरी उषा खरेल,सुवेदी पनि महिला अधिकारका क्षेत्रमा सकृय हुनुहुन्छ । उहाँ पनि सानैदखि धार्मिक तथा सामाजीक क्षेत्रमा सकृय हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माडीको कालभैरव मन्दिरमा गजुर हालियो मौला गाडियो

मंसिर,,२८ माडी । चितवनको दक्षिणमा रहेको  माडी उपत्यकाको सेतो पहिरोस्थित कालाभैरवको मन्दिरमा ४ दिन...