बालिका आश्रममा छोरीको जन्मदिन

देवघाट ,८,माघ,।नेपाल सरकारका सहसचिव बासुदेव काफ्लेले आफनो छोरी अनुराधा काफ्लेको जन्मदिन आश्रमका बालिकाहरुसगँ मनाउनु भएको छ । आज परेको छोरीको छैटौ जन्म दिन देवघाटमा रहेको श्री राम जानकी बालिका आश्रम –(कन्या ) गुरुकुलमा रहेका बालिकाहरुसगँ मनाउनु भएको हो । सो अवसरमा उहाँले आश्रमका बालिकाहरुका लागि १ दिनको भोजन सहयोग गर्नुभएको छ । गत वर्ष पनि उहाँले आफ्नो छोरीको जन्मदिन आश्रममा सहयोग गरेर नै मनाउनु भएको थियो । सो अवसरमा उहाँले सहाराविहिन बालिकाहरुको संरक्षण र शिक्षा महत्वपुर्ण पक्ष भएको बताउनुभयो । भरतपुर १ देवघाटधाममा रहेको सो बालिका आश्रममा हाल आवासगृह तथा अध्यन कक्ष निमाण भइरहेको छ । सो अवसरमा उहाँले निमार्णाधिन आवास तथा अध्यन कक्षको समेत उहाँले अवलोकन गर्नुभएको छ । उहाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालय काठमाडौमा सहसचिव पदमा कार्यरत हुनुहुन्छ । बालिका आश्रममा हाल ३२ जना बालिकाहरु आवासिय सुविधाका साथ रहेका छन् । सबैको सहयोगले नै आश्रम सञ्चालनमा सहयोग पुगेको बताउनु हुदै आश्रमका अध्यक्ष सावित्री माताले भवन निमार्ण का लागि पनि दाताहरुको सहयोग आउने क्रम रहेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस