जीवन उपयोगी ज्ञान : आफैलाई प्रेम गर्नुहोस्, आफूलाई प्रेम गर्नेले मात्रै अर्कोलाई प्रेम गर्न सक्छ

मानिसहरु आफैँमा सफल र सुखी जीवन बिताउन चाहन्छन् । जीवनमा सकारात्मक र नकारात्मक भावसँगै आउने गर्छ । यो सम्भव नै छैन कि तपाईंले जीवनको प्रत्येक क्षणमा सफलता प्राप्त गर्नुहोस् र तपाईं जहिले पनि सुखी नै हुनुहोस् । जीवनमा आउने यस्ता कठिन अवस्थामा, सद्भाव कायम राख्नु महत्त्वपूर्ण हुन्छ । यो सन्तुलन केवल दिमाग र शरीरबाट हुन्छ, तर कसरी सन्तुलनमा राख्न सकिन्छ ?


१. जीवनले हामीलाई बाँच्नका लागि धेरै अवसरहरू प्रदान गर्छ, जुन व्यक्ति जीवनमा सही मार्ग अपनाएर अगाडि बढ्न सक्छ उसको जीवनमा पनि सहजता र कठिनाइ बारम्बार आउने गर्छ । यस्तो अवस्थामा भविष्यलाई सम्झिएर चिन्तित हुने होइन । वर्तमानलाई ध्यान दिनुपर्छ ।

२. आफूलाई प्रेम गर्नुहोस्, तपाईंले आफ्नो आनन्द आफैँले निर्धारित गर्नुपर्छ । केवल आफूलाई प्रेम गर्नेले मात्रै अर्कोलाई प्रेम गर्न सक्छ।

३. वरपरका परिवार र साथीहरूलाई बुझ्ने प्रयास गर्नुहोस् । उनीहरूसँग गुणस्तरीय समय बिताउनुहोस् ।

४. कसैप्रति भएको कुनैपनि नकारात्मक सोचको समाधान गर्नुहोस् । किनकि आवेगमा कसैको मन दुखाइएको हुन सक्छ ।

५. कसैबाट जीवनमा केही नयाँ कुरा सिक्ने कोसिस गर्नुहोस् ।

६. ज्ञानको बारेमा अहंकारी नहुनुहोस्, केही नयाँ जान्न चाहनेलाई मद्दत गर्नुहोस् र यसको सट्टामा केही प्राप्त गर्ने आशा नराख्नुहोस् ।

७. यदि कुनै व्यक्तिले तपाईंलाई अपमान गर्न खोजिरहेको छ भने केवल ऊबाट टाढै बस्नु उचित हुन्छ, सकेसम्म उसको गल्तीलाई माफ गर्नुहोस् ।

८. नकारात्मक सोचको मूल पत्ता लगाउनुहोस् र सकारात्मकताको खोजी गर्नुहोस् ।

९. जीवनमा व्यक्तिलाई मूल्यवान् बनाउन सिक्नुहोस् । बलियो सम्बन्धले मात्र तपाईंको मानसिक स्वास्थ्यलाई सुदृढ बनाउँछ । जसमा आमा बुबा, आफन्त र साथीहरू समावेश गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ । तर सही साथीहरू छान्नु एकदम महत्त्वपूर्ण हुन्छ ।

१०. विगतबाट बाहिर निस्किनुहोस् र वर्तमानमा बाँच्नुहोस् ।

११. आलोचनाको सामना गर्ने क्षमता राख्नुहोस्, गल्ती स्वीकार्ने साहस राख्नुहोस् र यसबाट सिक्नुहोस् ।

१२.सुन्ने क्षमता अधिक बढाउनुहोस्, यसले तपाईंलाई कुनै पनि समस्या छिटो हल गर्न मद्दत गर्छ ।

१३. आफ्ना इच्छाहरू पूरा गर्न समय निकाल्नुहोस् ।

१४. सकेसम्म मुस्कुराउने कोसिस गर्नुहोस् । यसले तपाईंको जीवनलाई धेरै हदसम्म सजिलो बनाउँछ ।

प्रतिकृया दिनुहोस