इन्जिनियर देवकोटाले मनाए  छोरीको जन्मदिन बालिका आश्रममा 

चितवन, चैत ९–

भरतपुर महानगरपालिकाका इन्जिनियर सुरज देवकोटाले आफ्नी छोरीको जन्मदिन देवघाटस्थित श्रीराम जानकी बालिका आश्रममा मनाएका छन् । उनले आफ्नी छोरी रियान्सा देवकोटा दोस्रो वर्ष पूरा गरि तेस्रो वर्ष प्रवेशको अवसर पारेर आइतबार बालिका आश्रम (कन्या गुरुकुलम) का बालिकाहरुलाइ एक दिनको खाना खाजा खुवाएका हुन् ।

लोक कल्याण सेवा प्रतिस्ठानद्वारा संचालित सो आश्रममा हाल ३३ जना बालिका आवासीय सुबिधासहित अध्ययन गरिरहेका छन् । जन्मदिनलगायत अन्य शुभ कार्यहरुमा गरिने फजुल खर्चले अनाथ बालबालिकाका लागि एक दिन भए पनि छाक टार्न सकिने भएकाले आश्रममै पुगेर उनिहरुलार्इ खाना र खाजा खुवाइएको इन्जिनियर सुरज देवकोटाले बताए । उनले सबैले आफ्नो जन्मदिन वा शुभ कार्यमा दिनदुखीलाइ सहयोग गर्न सके त्यस्ता व्यक्ति भोकै नरहने बताए ।

खाना खुवाउन रियान्साका हजुर बुवा सूर्यप्रसाद देवकोटा, हजुरआमा राधा देवकोटा, आमा रिचा देवकोटा भरतपुर–१ देवघाटस्थित सो आश्रम पुगेका थिए । खाना खुवाउनु अघि त्यहाँ आश्रित बालिकाहरुले शुभ जन्मदिन र पितृ कार्य गरेका थिए । आश्रमका महासचिव रामेश्वर खनालले आश्रमका बारे जानकारी गराउदै सहयोगकै भरमा आश्रम संचालन भइरहेको बताए ।

प्रदेश सरकार र भरतपुर महानगरपालिकाको ४० लाखको लागतमा अहिले आश्रमको नयाँ भवन निर्माण भइरहेको छ । त्यहाँ आश्रित बालिकाहरुले भागवत पाठ र बेद समेत पढ्ने गर्छन् ।

प्रतिकृया दिनुहोस