नेपाललाई कोराना मुक्त बनाउने अभियानमा जगतगुरु सिद्धबाबा

८ जेठ, भरतपुर । कोरोना संक्रमणको महामारीले विश्व आक्रान्त बनिरहेको अबस्थामा यसको नियन्त्रण, रोकथाम र उपचारका लागि हिमालयन सिद्ध महायोगको माध्यमबाट सुनसरीको चतरामा विशेष अनुष्ठान गरिने भएको छ ।

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, जगतगुरु रामानान्दाचार्य सेवा पीठ चतराधामको संयुक्त आयोजनामा आगामी जेठ १२ गतेदेखि १५ दिने विशेष अनुष्ठानको आयोजना हुने भएको छ । १५ दिने अनुष्ठान विभिन्न सामाजिक सञ्जाल फेसबुक, युट्युव लगायत केही सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण गराई भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।

अनुष्ठान आयोजना गरि लाखौ सर्वसाधारणलाई सहभागी गराई कोरोनाको नियन्त्रण, रोकथाम र उपचारका लागि आवश्यक साधना, योगचार्य, आयुर्वेदिक उपचार पद्धति लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम गरिने भएको छ । शनिबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्दै आफ्ना कार्यक्रमको बारेमा जानकारी गराउनु भएको छ ।

विशेष अनुष्ठान कार्यक्रम अन्तरगत चतराधामस्थित रामानान्दाचार्य पीठको केन्द्रीय कार्यालयबाट प्रत्येक दिन विहान ५ बजेदेखि दुई घण्टासम्म जगतगुरु रामानान्दाचार्य महायोगी सिद्धबाबाले आफुसँग भएको योग, आयुर्वेदिक, आध्यात्मिक लगायतका क्षेत्रको ज्ञान, दक्षता र अनुभवलाई प्रत्यक्ष वैज्ञानिक अवधारणाबाट पुष्टि हुने गरी प्रशिक्षण दिने बताउनु भएको छ ।

पत्रकार सम्मेलनमा जगतगुरु सिद्धबाबाले स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्ने, रोगी व्यक्तिको रोग निर्मुल पार्ने तथा वर्तमान अवस्थामा कोरोना महामारीबाट आमसर्वसाधारणको जीवन रक्षा गर्ने उद्धेश्यले अभियान सञ्चालन गर्न लागिएको बताए ।

“कोराना संक्रमणका बनिरहेको हाम्रो समाजलाई हिमालयन सिद्ध महायोगको माध्यमबाट गरिने विशेष अनुष्ठान र त्यस अन्तरगतको प्रशिक्षण कार्यक्रमले आवश्यक राहत दिने कुरामा आफु विश्वस्त रहेको जगतगुरु सिद्धबाबाको भनाई छ ।

वैदिक आयुर्वेदिक पद्धितिबाट सञ्चालन हुने १५ दिने अनुष्ठानमा सबै नेपालीहरु दत्तचित्त भएर सहभागी हुन सके मुलुकबाट कोरोना परास्त गर्न सकिने जगतगुरु महायोगी सिद्धबाबाले विश्वास व्यक्त गरे ।

कारोना महामारीबाट मुलुक आक्रान्त बनिरहेको दुखद घडीमा आवश्यक औषधि, खोप, अक्सिजन लगायत स्वास्थ्य उपकरणको चरम अभाव भइरहेको अवस्थामा यदि प्रत्येक नेपालीले १५ दिन आफुलाई आफ्नै घरमा आईसुलेट गरि घरेलु उपायका साथ अनुसरण गर्ने हो भने नेपाल कोरोना मुक्त हुने सिद्धबाबाले दाबि गर्नुभयो ।

सो पत्रकार सम्मेलनमा पीठका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारी , उपाध्यक्ष विश्वप्रकाश पण्डित , शिवराज पौडेल लगायतले अभियानका सन्दर्भमा आआफनो धारणा व्यक्त गरेका थिए ।

 

प्रतिकृया दिनुहोस