भोलि हरिबोधनि एकादशी ब्रत : यस्तो छ धार्मिक महत्व

भोलि कार्तिक शुक्लपक्ष भगवान नारायणको पूजा आराधना गरी आज हरिबोधनी एकादशी पर्व मनाइँदैछ । विधिपूर्वक तुलसीको विवाह पनि गरिन्छ । भोलि देवघाट लगायत देशका विभिन्न नदी तथा तीर्थमा एकादशी स्नान तथा पूजाआजाका लागि भक्तजनको भीड लाग्छ ।
भगवान नारायणले मूर नामक राक्षससँग लामो समयसम्म युद्ध गर्दा थकित भई हिमालयको हेमवती गुफामा गई हरिशयनी एकादशीदेखि शयन गर्नुभएको थियो । त्यसरी शयन गर्नुभएका नारायणको शरीरबाट एक स्त्री उत्पन्न भई तिनले मूर राक्षसलाई लडाईमा मारिन् र राक्षसको जीउ ढल्दा आएको आवाजबाट नारायण ब्यूझनुभएको दिनलाई हरिबोधनी एकादशी भनिएको उल्लेख छ ।

कार्तिक शुक्लपक्षको एकादशी तिथिमा पर्ने यस पर्वलाई ठूलो एकादशी,प्रबोधनी एकादशी, कार्तिक एकादशी पनि भन्ने गरिन्छ । यस दिन घरघरमा स्थापित तुलसीको मठमा हरिशयनीएकादशीका दिन रोपिएको तुलसीलाई विवाह गरिदिने चलन छ । हरिशयनी एकादशीदेखि थालिएको चतुर्मास अनुष्ठान पनि यसै दिन पूरा गरिन्छ ।

हरिबोधनी एकादशीका दिन काठमाडौ उपत्यकामा रहेका चाँगुनारायण, विशंखुनारायण,शेषनारायण तथा इचंगुनारायणको दर्शन गर्ने चलन छ । साथै काठमार्डौको उत्तरमा पर्ने बूढानीलकण्ठ नारायण स्थानमा पनि यसै दिनदेखि मेला शुरु हुन्छ । हरिबोधनी एकादशीका दिन पूर्वको कन्काई, कोशीको चतराधाम,देवघाट, रुरुक्षेत्र गलेश्वर लगाएतका मुलुकका विभिन्न नदीघाट तथा तीर्थहरुमा एकादशी स्नान गर्ने, तोरण तार्ने र मेला भर्ने भक्तहरुको घुइँचो लागेको छ । तिहारमनाएपछि बाँकी रहेका सयपत्री गोदावरी फूलको माला र तोरण बनाई यस दिन नदी र जलाशय सजाउने गरिन्छ । हरिबोधनी एकादशीदेखि नेपाली समाजमा मनाइँने ठूला पर्व सम्पन्न भएको मानिन्छ ।।

प्रतिकृया दिनुहोस