भोलि हरिबोधनि एकादशी ब्रत : यस्तो छ धार्मिक महत्व

भोलि कार्तिक शुक्लपक्ष भगवान नारायणको पूजा आराधना गरी आज हरिबोधनी एकादशी पर्व मनाइँदैछ । विधिपूर्वक तुलसीको विवाह पनि गरिन्छ । भोलि देवघाट लगायत देशका विभिन्न नदी तथा तीर्थमा एकादशी स्नान तथा पूजाआजाका लागि भक्तजनको भीड लाग्छ ।
भगवान नारायणले मूर नामक राक्षससँग लामो समयसम्म युद्ध गर्दा थकित भई हिमालयको हेमवती गुफामा गई हरिशयनी एकादशीदेखि शयन गर्नुभएको थियो । त्यसरी शयन गर्नुभएका नारायणको शरीरबाट एक स्त्री उत्पन्न भई तिनले मूर राक्षसलाई लडाईमा मारिन् र राक्षसको जीउ ढल्दा आएको आवाजबाट नारायण ब्यूझनुभएको दिनलाई हरिबोधनी एकादशी भनिएको उल्लेख छ ।

कार्तिक शुक्लपक्षको एकादशी तिथिमा पर्ने यस पर्वलाई ठूलो एकादशी,प्रबोधनी एकादशी, कार्तिक एकादशी पनि भन्ने गरिन्छ । यस दिन घरघरमा स्थापित तुलसीको मठमा हरिशयनीएकादशीका दिन रोपिएको तुलसीलाई विवाह गरिदिने चलन छ । हरिशयनी एकादशीदेखि थालिएको चतुर्मास अनुष्ठान पनि यसै दिन पूरा गरिन्छ ।

हरिबोधनी एकादशीका दिन काठमाडौ उपत्यकामा रहेका चाँगुनारायण, विशंखुनारायण,शेषनारायण तथा इचंगुनारायणको दर्शन गर्ने चलन छ । साथै काठमार्डौको उत्तरमा पर्ने बूढानीलकण्ठ नारायण स्थानमा पनि यसै दिनदेखि मेला शुरु हुन्छ । हरिबोधनी एकादशीका दिन पूर्वको कन्काई, कोशीको चतराधाम,देवघाट, रुरुक्षेत्र गलेश्वर लगाएतका मुलुकका विभिन्न नदीघाट तथा तीर्थहरुमा एकादशी स्नान गर्ने, तोरण तार्ने र मेला भर्ने भक्तहरुको घुइँचो लागेको छ । तिहारमनाएपछि बाँकी रहेका सयपत्री गोदावरी फूलको माला र तोरण बनाई यस दिन नदी र जलाशय सजाउने गरिन्छ । हरिबोधनी एकादशीदेखि नेपाली समाजमा मनाइँने ठूला पर्व सम्पन्न भएको मानिन्छ ।।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...