एतिहासिक सहर बिराटनगरलाई आघ्यात्मिक सहर बनाउने छौ - महानगर प्रमुख भिम पराजुली

कार्तिक-३०, एतिहासीक सहर बिराटनगरलाई आघ्यात्मिक सहर बनाउन आफु प्रयासरत रहेको बताउनु भयो । विराटनगर ३मा रहेको योगमाया प्रतिष्ठानको स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रममा बोल्ने क्रममा महानगर प्रमुख भिम पराजुलीले यस्तो बताउनु भएको हो । कार्यक्रममा उंहाले आध्यात्मिकता्ले मानवलाई नैतिक आचरणमा रहन सहयोग पूर्याउने भन्दै , हरिबोधनी एकादशीको साझं भएको सो कार्यक्रमा उहाले बिराट राजाले राज्य गरेको बिराटनगरको ऐतिहासिकताको बारेमा प्रष्ट्याउनु भयो । आध्यात्मिक पक्षहरुलाई जोडेर उंहाले बिराटनगरलाई बिराट राजाको दरवार बनाउने अभियानमा आफुहरु लागेको बनाइ राख्नुभयो । सो क्रममा २५ सय बर्ष अघिको बिराट दरवारको युरोपियन टोलिहरु ल्याएर उत्खनन गर्दा यसको भुगर्भमा बहुमुल्य बस्तुहरु भेटिएको उंहाले जानकारी गरानुभयो । बिराट दरबार क्षेत्र बनाउन सकियो भने बिराटनगरलाई संसारमा चिनाउने र विश्वसम्पदा सुचिमा समेत सुचिकृत गर्न सकिने बताउनुभयो ।


विराटनगर ३मा रहेको हलेसी महादेव मन्दिरमा लगाइएको श्रीमद भगवत महापुराणको छैटौ दिनका प्रमुख अतिथि रहनुभएका समेत पराजुलीले धार्मिक पर्यटनको अथाह सम्भावना रहेको यस महानगरमा सन्सारका सबै मानिसहरुको आकर्षणको केन्द्र बनाउन सक्ने भनाइ राख्नु भयो । योगमाया देशकै बिरंगना हुनुहुन्छ र जसको बारेमा हामीले जति महिला मुक्तिको लागि मात्र हैन समाज सुधारकको लागि यस्तो ब्यक्तित्व जसले सधै त्याग मात्र गरिरहनु भयो आफ्नो लागि कहिले बाच्नु भएन । उंहा जस्तो बिरंगनाको कदरका लागि राज्यले जसरी लाग्नु पर्थ्यो त्यस अनुसार लाग्न नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयो । योगमाया जस्तो ब्यक्तित्व नेपालमा मात्रै हैन दक्षिण एसियामानै नरहेको बताउन भयो । सो क्रममा "योगमाया स्मृति सम्मान पुरस्कार २०७७" प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सृजना अर्यालालाई प्रदान गरिएको छ । योगमायाको योगदान जन-जनमा पुर्याउन सहयोग गरेको भन्दै सचिव अर्याललाई योगमाया स्मृति सम्मान पुरस्कार प्रदान गरिएको योगमाया प्रतिष्ठानका अध्यक्ष कबिता चापागाईले बताउनु भयो ।सो क्रममा प्रमुख अतिथि पराजुलीले दोसल्ला ओडाएर सम्मान पत्र सहित सचिव अर्याललाई ११ हजार १ सय ११ रुपया राशीको पुरस्कार समेत प्रदान गर्नु भयो । यस अघि यस पुरस्कारबाट योगमायाको जीवनी, योगदानका क्षेत्रमा लागि पर्नु भएका पवन आलोक, डा, गोविन्दमानसिंह कार्की, उत्तम पन्त, बार्वरा निम्री अजिज, शिद्विकर्ण शर्मालाई प्रदान गरिएको छ । कार्यक्रममा विशिष्ट अतिथि पण्डित नारद घिमिरे , संयोजक कवि ईश्वर घिमिरे बोल्नु भएको थियो । राष्ट्रिय गायक सुमित खड्काले भजन गाउनु भएको थियो भने कवि गोबिन्द बल्लव चापागांईले योगमायाको योगदानको बारेमा प्रकाश पार्नु भयो ।
                                                                                                                                               
योगमायाको जन्म पूर्वी नेपालको भोजपुर जिल्लाको –षडानन्द नगरपालिका–१, नेपालेडाँडाको सिम्ले भन्ने ठाउँमा भएको थियो । वि.स १९१७ असोज २२ गते जन्नमनुभएका उहाँले समाज रुपान्तरणको लागि छेडेको विद्रोह नेपालको इतिहासमा अद्भुद्ध माँिँनन्छ । त्यस समयमा राणाशाशनको को दमन, कुरुति र कुसस्कारको जालो मुलुक भर जेलिएको थियो । त्यसको विरुद्ध आवाज उठाउने उहाँले नारी शिक्षालाई मान्यता दिनुपर्ने , वर्ग ,जातिय विभेद हटाउनु पर्ने भन्दै आन्दोलन छेड्नु भएको थियो । सरकारले उनको माग सुनुवाई गर्नको साटो देश द्रोहि भन्दै ४ शहिदलाई वि.स १९९७ सालमा हत्या नै गर्यो त्यसपछि योगमायाले जनताले आनो अधिकार माग्दा ज्यानै लिनु तपोभुमि नेपालके दुभाग्य भन्दै थप सामाजिक आन्दोलनका थप चरणहरु योगमायाले अगाडि बढाउनु भयो । उहाँले प्रवचनका साथै कविताका माध्यमबाट पनि सामाजीक जागणको अभियान चलाउनु भएको थियो । उनले सरकारले कुनैपनि हालतमा माग पुरागर्ने पर्ने यदि यसो नगरेमा अनुयायी सहितको जथ्था मिलेर एकैचोटि आत्मदाहा गर्ने उद्घोष गर्रनु भएको मा तत्कालिन आत्मदाहाको अभियान विफल बनाएपछि जलसभाधिको अभियान अगाडि बढाउनु भयो ।सो क्रममा नै वि.स १९९८ अषार २२ हरिसयनी एकादशिको दिन ६८ जना नागरिक सगै उहाँले जलसमाधि लिनुभएको थियो ।    

प्रतिकृया दिनुहोस