संस्कृतिलाई प्रभाव पार्ने तत्त्व र सांस्कृतिक विविधता

विषय प्रवेश समाज विभिन्न सामाजिक एकाईहरुको योग हो, मानवीय जीवनका महत्त्वपूर्ण अवयवहरू विवाह, परिवार, नाता आर्थिक सामाजिक, धार्मिक संस्थाहरू, भौतिक तथा अभौतिक संस्कृतिका विभिन्न पक्षहरू आदिको कार्यात्मक सम्बन्ध नै समाज हो ।

संस्कृतिको परिभाषा
 समाजका मानिसहरूको जीवन पद्धतिको तरिका नै संस्कृति हो । समाजमा विकसित भएका सामाजिक मूल्य मान्यता, परम्परा, धर्म, शैली, उत्पादनको तरिका, प्रविधि लगायतको सम्पूर्ण भौतिक तथा अभौतिक स्वरूपलाई संस्कृति भन्न सकिन्छ ।
 संस्कृति मानवले आफ्नो दैनिक कार्य प्रक्रिया र त्यो प्रक्रिया पूर्ति गर्नका लागि विकास गरेको मूल्य मान्यता, प्रथा, भाषा, रीति रिवाज, मानवीय व्यवहारको कला, सामाजिक विचार, धार्मिक ढाँचा आदिको समग्रता हो जुन अजैविक हुन्छ र समाजमा हस्तान्तरित हुन्छ 

नेपालमा सांस्कृतिक विविधतायुक्त देश
हामी र हाम्रो समाज बहुल समाज हो । जसका कारण विविधतापूर्ण सांस्कृतिक विशेषताहरूले नेपाललाई सम्पन्न बनाएको छ । विविधतायुक्त भूगोल, भूगोल अनुसारको विभिन्न जातजातिको बसोबास साथै १२५ जाति र झन्डै १२३ भाषाको धनी राष्ट्र नेपाललाई सांस्कृतिक विविधतालाई उचित रूपमा व्यवस्थापन गर्ने प्रयास २०४७ को संविधानबाट थालनी भएको देखिन्छ । वि.सं. २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन पछि सहभागितामूलक समावेशीकरण एवं पहिचान लगायतका नीतिहरूको संवैधानिक व्यवस्था भई व्यवहारिक अभ्यास गरिरहेको छ ।

सांस्कृतिक विविधता विभिन्न पक्षहरूबाट प्रभावित हुने गर्दछ, त्यसलाई प्रभाव पार्ने त्यस्ता तत्त्वहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ
 प्रविधिको अधिकतम विकास र प्रयोग,
 बढ्दो शहरीकरण,
 बसाइसराई,
 राष्ट्रिय/अन्तर्राष्ट्रिय सांस्कृतिक अतिक्रमण,
 मूल्य/मान्यताहरूमा आएका परिवर्तन,
 वहिष्करण र वञ्चितिकरण,
 भाषाको प्रयोगको अवस्था,

सांस्कृतिक विविधताको व्यवस्थापनः
सांस्कृतिक विविधता व्यवस्थापन देहाय बमोजिम गर्न सकिने देखिन्छ
 स्वच्छ, समावेशी लोकतन्त्रको अभ्यासद्वारा,
 सहभागिता, समावेशीकरण एवं विविधता र विरोधी विचारधाराप्रति सहिष्णुता कायम गरी,
 बहुसांस्कृतिक समाजको सामाजिक र राजनैतिक समानताको निश्चितता गर्न सांस्कृतिक स्वतन्त्रता र समानता कायमका माध्यमद्वारा,
 सांस्कृतिक र सांस्कृतिक सम्पदाको संरक्षणको माध्यमद्वारा,
 भाषा, संस्कृतिको सम्पदाको संरक्षणको माध्यद्वारा,
 भाषा संस्कृतिको मुख्य भेहिकल हो, त्यसैले मातृभाषाको यथेष्ट प्रयोगको अवसरबाट पनि यसको व्यवस्थापन गर्न सकिन्छ ।
 साधन, श्रोत माथिको अवसर र न्यायिक बाँडफाँडबाट,
 सामाजिक न्याय, मानव अधिकार, स्वतन्त्रतता कायमको माध्यमद्वारा,
 राज्य सञ्चालन प्रणालीमा बढी भन्दा बढी समानुपातिक प्रतिनिधित्वको माध्यमद्वारा,

उपसंहार
सामाजिक, साँस्कृतिकरुपले नेपाली समाज एक जीवित सङ्ग्रहालय हो, संस्कृति एउटा समाजबाट अर्को समाजमा, एउटा व्यक्तिबाट अर्को व्यक्तिमा र एउटा पिँडीबाट अर्को पिँढीमा हस्तान्तरण हुँदै जान्छ, यो निरन्तर बनिरहन्छ र परिवर्तन र परिष्कृत पनि हुँदै जान्छ । सांस्कृतिक विविधता राज्य र राष्ट्र निर्माणका लागि एक महत्त्वपूर्ण पक्षको रूपमा रहेको हुन्छ । तसर्थ सामाजिक सांस्कृतिक विविधता व्यवस्थापन राष्ट्रिय एकता र विकासको लागि समेत अनिवार्य मानिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माडीको कालभैरव मन्दिरमा गजुर हालियो मौला गाडियो

मंसिर,,२८ माडी । चितवनको दक्षिणमा रहेको  माडी उपत्यकाको सेतो पहिरोस्थित कालाभैरवको मन्दिरमा ४ दिन...