कोटीहोममा ब्रतवन्ध , जन्मदिन मनाउनेहरु बढ्दै , संविधानसभा सदस्य वाग्लेले पनि तिर्थ हवन् गरिन्

भरतपुर । भरतपुर–१ स्थित योगी नरहरिनाथ आश्रम वागीश्वरीमा जारी श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञमा ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रमहरु पनि भइरहेका छन् । महायज्ञमा चार वटा ब्रतबन्ध भइसकेको छ भने चौरासी पूजा लगायतका धार्मिक कार्यक्रम पनि गर्न सकिने आयोजकले बताएको छ ।

महायज्ञ संयोजक प्रेमनिधि भारद्वाजका अनुसार ब्रतबन्धका लागि दुई वटा दर राखिएको छ । बटुक वस्त्रसहित आवश्यक सामाग्रीहरु (भोजन बाहेक) आयोजकले उपलब्ध गराउनुपरेमा ११ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । आफैले व्यवस्था गर्ने हो भने चाँहि सात हजार रुपैयाँ तिरे पुग्छत्यसैगरी, चौरासी पूजाका लागि ११ हजार, रुद्रभिसेकको लागि १५ हजार १००, ग्रहशान्तिका लागि सात हजार, सत्यनारायण पुजा पाठ गर्न ५१ सय र चण्डीपाठ गर्न सात हजार रुपैयाँ तिर्नुपर्छ । कालसर्प, गण्डमुल शान्ति, मांगलिक शान्ति, श्रापित पितृदोष, संकटाजप शनिग्रह, र एकाहा भागवत पाठको लागि ५१ सय रुपैयाँको दर तोकिएको छ ।

महायज्ञमा शिव गोरक्ष कोटिहोममा नियमित हवन, गायत्री मन्त्रद्धारा लक्ष हवन, अति रुद्री, सहस्र चण्डी, वेदपाठ र भागवत पाठ परायण भइरहेको छ ।  परिवारका साथ भारतमा ४ धाम यात्रा सकेर आएकी संविधान सभा सदस्य गीता वाग्ले पनि सोमवार कोटीहोममा पुगेर तिर्थ हवन गरेकी थिइन् ।  धार्मिक क्षेत्रहरुहरुमा तिर्थ गएपछि तिर्थहवन गर्नपर्छ भन्ने मान्यता रहेको छ । संविधिानसभा सदस्य वाग्लले  सो क्रममा  कोटीहोम अवलोकन गरि सवैलाई  कोटीहोम दर्शन का लागि आउन अपिल गरिन् । उनले यस्तो यज्ञमा आफूले सक्ने सहयोग गर्ने हो भन्दै स्वंय परिवारका तर्फबाट उनले हवन का लागि चरु सामाग्री सहयोग पनि गरेकीछिन् ।  कोटीहोममा यस्ता विभिन्न अनुष्ठान पनि गर्ने व्यवस्था गरिएको आयोजनकले जनाएका छन् । 

राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा कोटिहोम महायज्ञ भएको हो । महायज्ञको प्रमुख संरक्षक योगी श्रीषनाथ र संरक्षक योगी बलभद्रनाथ छन् । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन भएको हो ।

योगी नरहरिनाथले २३ वर्षअगाडि गरेको संकल्पअनुसार महायज्ञ गरिएको हो । योगी नरहरिनाथले आफ्नो जीवनकालमा १२९ वटा महायज्ञ सम्पन्न गरेका थिए । १३०औँ महायज्ञ गर्ने उनको संकल्प थियो तर त्यो पूरा हुन पाएको थिएन ।

महायज्ञमा नौ वर्ष मुनिका एक हजार आठ बालिकाहरुको सामुहिक पूजा गरिने छ । पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड, शिखरिणी यात्रा लगायतका धार्मिक ग्रन्थहरुको पाठपरायण, गौकथा प्रवचन हुनेछ भने पाँचसरे सवा करोड दीप प्रज्वलन गरिने छ ।महायज्ञ आगामी असार १३ गतेसम्म सञ्चालन हुनेछ ।



प्रतिकृया दिनुहोस