यस्तो छ, वेसार खानुको अनेकौ फाइदा,

चितवन , २४ चैत  । हाम्रो भान्सा मा बन्ने तरकारीमा बेसार अनिवार्य हालेर पकाएका हुन्छौ । वेसार विनाको तरकारी त्यती राम्रो लाग्दैन र हामी कतिले वेसारलाई तरकारी सुन्दर देखाउन यसको प्रयोग गरेका हुनुपर्ने जस्तो लाग्न सक्छ । तर त्यसो होइन यसको प्रयोगले त हाम्रो स्वास्थ्य सुन्दर बनाइरहेको हुन्छ । हामी निरोगी बन्न यसले सहयोग पुगेको हुन्छ । हरेकको भान्सामा मसलाको रुपमा प्रयोग गर्ने वेसारका धेरै फाइदा रहेका छन् ।  बेसारको प्रयोगबाट मुटुसम्बन्धी समस्या, पाचन प्रणालीको समस्या, डायबिटिज, डिप्रेसन, अल्जाइमर जस्ता रोगबाट बच्न सकिने तथ्य सार्वजनिक भएका छन् । बेसारमाथि गरिएका विभिन्न अध्ययन अनुसन्धानमा त्यसमा औषधीय गुण भएको यौगिक करक्युमिन पाइएको छ ।

मुसामा प्रयोग गरिएको बेसारमा करक्युमिनले क्यान्सर बढ्न नदिन मद्दत गरेको अध्ययनले देखाएको छ । तर बेसारमा दुई तीन प्रतिशत करक्युमिन पाइने हुँदा शरीरले यसको सबै मात्रा लिन सक्दैन । बेसारसम्बन्धी गरिएका विभिन्न अध्ययनले खानामा बेसारको मात्राबारे पनि उल्लेख गरेका छन् ।

बेसारको मात्रा दैनिक प्रयोग गर्ने वा स्वस्थ रहन त्यसमा पाइने तत्व करक्युमिनको दैनिक प्रयोग गर्नेबारे विभिन्न अध्ययन भइरहेका छन् ।

खानामा बेसार प्रयोग गर्नाले हाम्रो शरीरलाई करक्युमिन लिने स्तर निर्धारण गर्छ । करक्युमिन लिपोफिलिक हुन्छ । अर्थात् यो बाँधिएको हुन्छ ।

खानामा बेसारको प्रयोग गर्दा करक्युमिन तेलमा मिसिन्छ र हाम्रो शरीरले यसलाई लिने काम गर्छ । तेलमा तारेको खुर्सानीले पनि यो काम गर्छ । यसमा भएको पिपरिन तत्वले यस्तो काम गर्ने गर्छ । तारेका खुर्सानी र बेसार राखेको खानेकुरा खाँदा स्वास्थ्यका लागि राम्रो हुनसक्छ ।

सारमा पाइने गुणकारी तत्वले शरीरमा भाइरसले जन्माउने अरू भाइरस(प्रतिकृति) रोक्न मद्दत गर्ने तथा भाइरसको सङ्ख्या कम गर्ने विज्ञ बताउँछन् । पतञ्जलि आयुर्वेद मेडिकल कलेज धुलिखेलका प्राचार्य, द्रव्यगुणविज्ञप्रा डा  श्याममणिअधिकारी बेसार मधुमेह, सुन्निनु, दुखाइ, घाउखटिरा, छालाका रोगको उपचारका साथै शरीरमा बोसो एवं चिल्लोको मात्रा घटाउन तथा आमाको दूधमा खराबी भएमा र दमखोकीमा पनि उपयोगी छ ।

यस्तै अप्राकृतिक रुपमा बढ्ने शरीरका कोष रोक्न यसले मद्दत गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “शरीरभित्रै पनि विष बन्छ, त्यो विष नाश गर्न वा पचाएर स्वस्थ राख्न बेसार उपयोगी छ ।” शरीरमा बाहिरबाट आएको एलर्जी नाशका लागि पनि बेसार प्रयोग गरिने उहाँले बताउनुभयो । जीवाणु मार्न, रगत सफा गर्न तथा खाएको कुरा पचाउन बेसारले काम गर्ने अधिकारीको भनाइ छ ।  
    
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा कोपिला अधिकारी आयुर्वेदका प्राचीन र अर्वाचीन( आधुनिक) ग्रन्थमा बेसारको प्रशस्त महिमा उल्लेख भएको बताउनुहुन्छ । विशेषतः व्याधिक्षमत्व(रोग प्रतिरोधात्मक क्षमता वृद्धि), प्रतिश्याय(रुघा),प्रमेह(मधुमेह), पाण्डु(रक्तअल्पता), व्रण(घाउखटिरा), कृमी(जुका)नाश र  सौन्दर्य वृद्धिमा यसको प्रयोग गरिने उहाँको भनाइ छ ।  
    
मस्तिष्कको ट्युमर रोकथामका लागि बेसारलाई तातो दूधमा  फिटेर खानु उत्तम हुने उहाँ सुझाव दिनुहुन्छ । डा अधिकारी भन्नुहुन्छ, “वैज्ञानिक शोधहरुमा प्रकाशित तथ्याङ्कअनुसार बेसारमा भएका रासायनिक तत्वहरुमा नाकको एलर्जी, घाँटीको सङ्क्रमण, नेत्राभिष्यं(आँखासम्बन्धी रोग) जीर्ण व्रण(घाउखटिरा), ढुसीजन्य सङ्क्रमण र  क्यान्सरविरुद्ध लड्ने क्षमता हुन्छ ।”

लामो समयदेखि ग्यस्ट्रिकको सिकार भइरहेका बिरामीलाई बेसारको नियमित सेवनले पूर्णरुपमा फाइदा पु¥याउँछ भने बेसारले खप्नै नसकिने गरी पोलेका र दुर्घटनामा परेर अप्रेसन गर्नुपर्ने बिमारीलाई समेत पेनकिलरको रुपमा फाइदा पु¥याएको हुन्छ । गाउँघरतिर आलो घाउमा बेसारको धूलो हाल्नुको वैज्ञानिक कारण पनि यही हो ।बेसारले मानवशरीरको डीएनए क्षति हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ । विभिन्न मेटलबाट शरीरमा फैलिने विषादीबाट बेसारले जोगाउने काम गर्छ । शरीरमा लागेका चोटपटक छिटोभन्दा छिटो निको पार्न बेसारले प्रमुख भूमिका खेलेको हुन्छ । पेटसम्बन्धी यावत् रोगको निदान गर्न बेसारले मद्दत पु¥याउँछ भने हड्डीमा हुने सम्पूर्ण समस्यालाई बेसारले फाइदा गर्छ ।दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीका बेला हुने पेटको दुखाइसम्मको समस्या हल हुन्छ । बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोशिका रोक्ने क्षमता राख्छ । यदि अनिद्राको समस्या छ भने बेसार र दूध पिउनु लाभदायक हुन्छ । बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निद्रा लगाउँछ ।धेरै पटक पिसाब गरिरहनुपर्ने, पानी तिर्खा बढी लाग्ने भएमा वा मधुमेह भएमा बिहान–बेलुका १–१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा पु¥याउँछ । मधुमेह, रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग उपयोगी मानिन्छ । दिसा–पिसाबमा हुने संक्रमण घटाउन पनि बेसार उत्तम हुनुका साथै मिर्गौलासम्बन्धी रोगीलाई पनि फाइदाजनक मानिएको छ ।छालाको लागि त बेसार अमृत नै मानिन्छ । सौन्दर्यका सामान उत्पादन गर्दा पनि बेसार पर्याप्त प्रयोग गरिन्छ । नियमित बेसार सेवन गर्नाले बूढोपन देखिँदैन । साथै विभिन्न औषधिबाट हुने साइड इफेक्टलाई पनि बेसारले रोक्ने काम गर्छ  ।

 


 

 

प्रतिकृया दिनुहोस