आश्रम संरक्षित बालिकाहरु बन्दैछन् अब्बल

देवघाटधाम चितवन,  नेपालकै प्र्रसिद्ध देवघाट धाममा पछिल्लो समय बालिकाहरुले पनि श्राश्रम आवासिय रुपमा शिक्षा हासिल गर्दे आएका छन् । भरतपुर महानगरपालिका १ देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा अहिले ३५ जना छोरीहरुले आश्रय लिईरहेका छन् । उनीहरुले आश्रय मात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डितहरु बनिरहेका छन् । त्यहाँ रहेका पाँच जना छोरीहरु अहिले वैद्धिक पूजापाठदेखि भागवत वाचनसम्म गराउन सक्ने भएका छन् ।

केही समय अघि भरतपुर महानगरपालिकाको प्रशासकीय भवन शिलन्यास समारोहमा तिनै छोरीहरुले वैद्धिक कर्म गरेर शिलन्यासको शुभारम्भ गरिएको थियो । जसको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो । बैदिक धर्ममा सबैभन्दा ठूलो मानिने अनुष्ठान श्रीमद् भागवत ज्ञान महायज्ञ हो । यिनै छोरीहरुले देशका विभिन्न २० वटा यस्ता यज्ञ गरिसकेका छन् । अन्य सबै खालका अनुष्ठान र कर्ममा यी छोरीहरुले काम गर्दै आएका छन् ।

आश्रममा ५ वर्षदेखि १९ वर्षसम्मका बालिकाहरु छन् । उनीहरु शिशु कक्षादेखि स्नातकसम्म अध्ययनरत छन् । लोक कल्याण सेवा प्रतिष्ठानले बाट सञ्चालीत सो आश्रमका आश्रमका अध्यक्ष सावित्री टण्डनको भनाईमा त्यहाँ पाँच जना छोरी महायज्ञसम्मका कर्म गर्न सक्षम भएका छन् । वैष्णवि, स्मृति, राधिका, तुलसा र सुनिता यी कर्म गर्न सक्ने भएका हुन् । उनीहरुको नामको पछाडि लोककल्याणकारी राखिएको छ ।

वेसाहारा बनेका छोरीहरुलाई आश्रममा ल्याएर शिक्षा दिक्षासँगै हुर्काईएको हो । उनीहरुलाई दिनको समयमा नजिकै रहेको सीताराम संस्कृत माविमा पढाईदै आएको छ । एक जना छोरी वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक पढ्दै आएकी छिन् ।

टण्डनले दिनको समयमा विद्यालय र कलेज जाने छोरीहरुले साँझ बिहानको समयमा रामायण, महाभारत, राम गीता, श्रीमद्भागवत गीता, श्रीमद्भागवत् पुराण, श्रीमद् देवी भागवत लगायतका धार्मिक ग्रन्थहरु अध्ययन गर्ने गर्दछन् । उनीहरु बिहान र साँझको समयमा भजन कीर्तन, योग पनि गर्ने गर्दछन् । यसका अतिरिक्त दैनिक नित्य कर्महरुमा पनि उनीहरु सहभागी हुन्छन् ।

टण्डनले छोरीहरु धार्मिक अनुष्ठानहरुमा नेतृत्वदायी सहभागी हुने गरेको बताउनुभयो । उनीहरुले कर्महरु र अन्य अवस्थामा प्राप्त गरेका दान दक्षिणाहरुलाई सहकारीमा खाता खोलेर जम्मा गर्ने गरिएको छ । चितवन र छिमेकी जिल्लामा हुने कर्महरुमा छोरीहरु बोलाउने प्रचलन बढेको उहाँले बताउनुभयो । त्यसो देशैभरीका धार्मिक कार्यक्रमहरुमा उनीहरु पुग्ने गरेका छन् ।

केही समय अघि बेलायतबाट आएका नेपाली एक परिवारले यहाँ विवाह गराउने पण्डित छोरी नै खोजेपछि यहाँबाट काठमाण्डौंको सोल्टी होटलमा गएर यिनै छोरीहरुले विवाह गराएका थिए । महिला पण्डितको खोजी गर्दै त्यो परिवारले दुई वर्ष कुरेको टण्डनले जानकारी दिनुभयो । यस्ता विभिन्न कर्महरु गर्ने काममा छोरीहरु सक्रिय भएका छन् ।

बि।सं। २०६७ सालमा काठमाडौमा  आश्रम  दर्ता भएको हो ।

संस्थाका महासचिव रामेश्वरप्रसाद खनालका अनुसार आश्रम सञ्चालनका लागि भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति चितवन सहित विभिन्न दाताहरुको सहयोगमा पक्की आवासीय ३४ कोठे पक्की भवन बब्न्दैछ । भुईतलाको यतिखेर  लगभग तयारी पुरा भइसकेको छ । अन्य तलाहरु भने निर्माण कै क्रममा छन् ।

जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर महानगरपालिकाको सामाजिक विकास महाशाखाले साहाराविहिन भएको प्रमाणित गरेर पठाएका छोरीहरुलाई आश्रममा राखिंदै आएको छ । आश्रममा रहेका बालिकाहरुलाई १६ वर्ष पुगेपछि उनीहरुको अभिभावकले जिम्मा लिन पनि सक्ने अध्यक्ष टन्डनले जानकारी दिनुभयो । नेपाल सरकारको बालबालिका संरक्षण का ऐन यस्तो व्यवस्था भएको भएपनि बालिकाले आश्रममा नै रहन चाहे आश्रमले बाकी शिक्षा दिक्षाको जिम्मा लिने गरेको समेत उहाँले प्रष्टाउनु भयो । आश्रममा हालसम्म  ४३ जना  बालिकाहरु लाई परिवारसगँ पुनस्थापना गरिसकिएको अध्यक्ष टन्डनले जानकारी गराउनु भयो

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...