आश्रम संरक्षित बालिकाहरु बन्दैछन् अब्बल

देवघाटधाम चितवन,  नेपालकै प्र्रसिद्ध देवघाट धाममा पछिल्लो समय बालिकाहरुले पनि श्राश्रम आवासिय रुपमा शिक्षा हासिल गर्दे आएका छन् । भरतपुर महानगरपालिका १ देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा अहिले ३५ जना छोरीहरुले आश्रय लिईरहेका छन् । उनीहरुले आश्रय मात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डितहरु बनिरहेका छन् । त्यहाँ रहेका पाँच जना छोरीहरु अहिले वैद्धिक पूजापाठदेखि भागवत वाचनसम्म गराउन सक्ने भएका छन् ।

केही समय अघि भरतपुर महानगरपालिकाको प्रशासकीय भवन शिलन्यास समारोहमा तिनै छोरीहरुले वैद्धिक कर्म गरेर शिलन्यासको शुभारम्भ गरिएको थियो । जसको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो । बैदिक धर्ममा सबैभन्दा ठूलो मानिने अनुष्ठान श्रीमद् भागवत ज्ञान महायज्ञ हो । यिनै छोरीहरुले देशका विभिन्न २० वटा यस्ता यज्ञ गरिसकेका छन् । अन्य सबै खालका अनुष्ठान र कर्ममा यी छोरीहरुले काम गर्दै आएका छन् ।

आश्रममा ५ वर्षदेखि १९ वर्षसम्मका बालिकाहरु छन् । उनीहरु शिशु कक्षादेखि स्नातकसम्म अध्ययनरत छन् । लोक कल्याण सेवा प्रतिष्ठानले बाट सञ्चालीत सो आश्रमका आश्रमका अध्यक्ष सावित्री टण्डनको भनाईमा त्यहाँ पाँच जना छोरी महायज्ञसम्मका कर्म गर्न सक्षम भएका छन् । वैष्णवि, स्मृति, राधिका, तुलसा र सुनिता यी कर्म गर्न सक्ने भएका हुन् । उनीहरुको नामको पछाडि लोककल्याणकारी राखिएको छ ।

वेसाहारा बनेका छोरीहरुलाई आश्रममा ल्याएर शिक्षा दिक्षासँगै हुर्काईएको हो । उनीहरुलाई दिनको समयमा नजिकै रहेको सीताराम संस्कृत माविमा पढाईदै आएको छ । एक जना छोरी वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक पढ्दै आएकी छिन् ।

टण्डनले दिनको समयमा विद्यालय र कलेज जाने छोरीहरुले साँझ बिहानको समयमा रामायण, महाभारत, राम गीता, श्रीमद्भागवत गीता, श्रीमद्भागवत् पुराण, श्रीमद् देवी भागवत लगायतका धार्मिक ग्रन्थहरु अध्ययन गर्ने गर्दछन् । उनीहरु बिहान र साँझको समयमा भजन कीर्तन, योग पनि गर्ने गर्दछन् । यसका अतिरिक्त दैनिक नित्य कर्महरुमा पनि उनीहरु सहभागी हुन्छन् ।

टण्डनले छोरीहरु धार्मिक अनुष्ठानहरुमा नेतृत्वदायी सहभागी हुने गरेको बताउनुभयो । उनीहरुले कर्महरु र अन्य अवस्थामा प्राप्त गरेका दान दक्षिणाहरुलाई सहकारीमा खाता खोलेर जम्मा गर्ने गरिएको छ । चितवन र छिमेकी जिल्लामा हुने कर्महरुमा छोरीहरु बोलाउने प्रचलन बढेको उहाँले बताउनुभयो । त्यसो देशैभरीका धार्मिक कार्यक्रमहरुमा उनीहरु पुग्ने गरेका छन् ।

केही समय अघि बेलायतबाट आएका नेपाली एक परिवारले यहाँ विवाह गराउने पण्डित छोरी नै खोजेपछि यहाँबाट काठमाण्डौंको सोल्टी होटलमा गएर यिनै छोरीहरुले विवाह गराएका थिए । महिला पण्डितको खोजी गर्दै त्यो परिवारले दुई वर्ष कुरेको टण्डनले जानकारी दिनुभयो । यस्ता विभिन्न कर्महरु गर्ने काममा छोरीहरु सक्रिय भएका छन् ।

बि।सं। २०६७ सालमा काठमाडौमा  आश्रम  दर्ता भएको हो ।

संस्थाका महासचिव रामेश्वरप्रसाद खनालका अनुसार आश्रम सञ्चालनका लागि भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति चितवन सहित विभिन्न दाताहरुको सहयोगमा पक्की आवासीय ३४ कोठे पक्की भवन बब्न्दैछ । भुईतलाको यतिखेर  लगभग तयारी पुरा भइसकेको छ । अन्य तलाहरु भने निर्माण कै क्रममा छन् ।

जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर महानगरपालिकाको सामाजिक विकास महाशाखाले साहाराविहिन भएको प्रमाणित गरेर पठाएका छोरीहरुलाई आश्रममा राखिंदै आएको छ । आश्रममा रहेका बालिकाहरुलाई १६ वर्ष पुगेपछि उनीहरुको अभिभावकले जिम्मा लिन पनि सक्ने अध्यक्ष टन्डनले जानकारी दिनुभयो । नेपाल सरकारको बालबालिका संरक्षण का ऐन यस्तो व्यवस्था भएको भएपनि बालिकाले आश्रममा नै रहन चाहे आश्रमले बाकी शिक्षा दिक्षाको जिम्मा लिने गरेको समेत उहाँले प्रष्टाउनु भयो । आश्रममा हालसम्म  ४३ जना  बालिकाहरु लाई परिवारसगँ पुनस्थापना गरिसकिएको अध्यक्ष टन्डनले जानकारी गराउनु भयो

प्रतिकृया दिनुहोस