सती प्रथा : पतिको लास जलाऊँदा पत्नीपनि जिऊँदै जल्नुपर्ने त्यो प्रथा ! कसरी भयो अन्त्य ?

काठमाडाैं । श्रीमान्‌को मृत्यु हुँदा एउटै चितामा श्रीमती पनि जल्नुपर्ने ‘सती प्रथा’ नेपालबाट उन्मूलन भएको आज १०२ वर्ष पूरा भएको छ । २५ असार १९७७ सालमा चन्द्र शमशेरले सती प्रथा अन्त्यको घोषणा गरेका थिए।

कुनै समय थियो । महिलाहरुको महिनावारी नहुँदै विवाह गरिन्थ्यो । कन्या कुमारीले आफूभन्दा झण्डै ५० ६० वर्ष जेठो मानिसलाई पतीदेव मान्नु पर्दथ्यो । त्यसैले उनिहरु ३० ३५ वर्षकै उमेरमा विधवा बन्नु पर्दथ्यो । लाम लाम र खाम खामको कलकलाउदो उमेरमा उनिहरु सतीप्रथालाई स्विकारर्दै बलिरहेहो आगोमा जिउँदै जल्नु पर्दथ्यो ।

बि सं १९१०मा जंगबहादुर राणाले नेपालमै पहिलो पटक मुलुकी ऐन जारी गरी यसमा केही हदसम्म कमी ल्याउन सघाएका थिए । तर उनको मृत्यु हुँदा उनका ४२ रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्यहरू भेटिन्छन् । जंगबहादुर राणाले १६ बर्षभन्दा मुनीका बिधवा महिला र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी महिलालाई सती जानमा रोक लगाएका थिए । यद्यपि बि सं१९७७ सालमा चन्द्र शमशेरले यस प्रथालाई पूर्ण रूपमा बन्देज गराएकाले उनलाई नै सतीप्रथा अन्त्यका लागि नायक मान्न सकिन्छ ।

सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन् । सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ असल पत्नी हुन्छ । सती–प्रथा विवाहित लोग्ने मरेपछि जिउँदी स्वास्नीलाई लोग्नेको लाससँगै जलाउने वा जल्न दिने आततायी प्रथा हो । नेपालमा हजारौं वर्षसम्म चलेको सती–प्रथाको अन्त्य भएको झण्डै शताव्दी पुग्न लाग्यो। सती–प्रथा नेपालमा कहिलेदेखि चल्दै आएको हो, यकिन छैन । त्यो क्रूर प्रथा प्राचीनकालदेखि नै प्रचलित थियो । वैदिककालदेखि चल्दै आएको सती–प्रथा हिन्दु समाजमा नैतिक कानुन जस्तै हुँदै आयो । 

प्रतिकृया दिनुहोस