बुद्धभूमिका सबै विद्यालयमा कम्प्युटरको पहुँच

कपिलवस्तु । शिक्षामा सूचना र प्रविधिको उपयोग बढाइ गुणस्तर सुधार्न बुद्धभूमि नगरपालिकाले नगरका सबै विद्यालयलाई कम्प्यूटर वितरण गरेको छ । नगरपालिकाले मुख्यमन्त्री शिक्षा सुधार कार्यक्रम अन्तर्गत ३४ विद्यालयमा कम्प्युटर हस्तान्तरण गरेपछि सबै विद्यालयमा कम्प्युटरको पहुँच भएको हो ।

विद्यालयको प्रशासनिक काम कम्प्युटराईज विधिबाट गरि पेपेर लेस गर्नकालागि कम्प्युटर प्रदान गरेको नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले बताए । तीब्र रुपमा भएको प्रविधिको विकासले हाम्रो समाजलाई पनि सोही अनुरुप परिवर्तन गर्न आवश्यक रहेको उनले बताए । उनले आगामी आर्थिक वर्षमा शिक्षकलाई समेत ल्यापटप वितरण गरिने बताए । शैक्षिक गुणस्तर सुधारका लागी नगरपालिकाले थप प्रभावकारी कार्यक्रम ल्याउने उनको भनाई छ ।

उपमेयर मिरा थारुले प्रविधिको मागलाई मध्येनजर गरि यस्तो कार्यक्रम आयोजना गरिएको बताउँदै यसले तथ्याङ्क संकलन गर्न थप सहज हुने विश्वास व्यक्त गरिन् । पालिका भित्रका ५९ विद्यालय कम्प्युटरको दायरामा आएको थारुले बताइन । नगरपालिकाले शिक्षा क्षेत्रलाई महत्वका साथ हेरिरहेको र शिक्षाको सुधारको लागि थप योजना समेत बनाउने प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीले बताए ।

विद्यालयलाई कम्प्युटर सेट, प्रिन्टर हस्तान्तरण गरिएको थियो । प्रतिविद्यालय ७० हजार बराबरका सामग्री सहयोग गरिएको शिक्षा शाखा प्रमुख कृष्ण भट्टराईले बताए । नगरपालिकाको सहयोगपछि विद्यालयमा पहिलो पटक कम्प्युटरको पहुँच भएको रामेश्वर आधारभूत विद्यालयका शिक्षक अपिल पोख्रेलले बताए ।राजधानी  दैनिकबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...