गुरुपूर्णिमा एवं व्यास जयन्ती देश भर मनायो

चितवन २९ अषार ÷आज आषाढ शुक्ल पूर्णिमा एवं व्यास जयन्ती देश भर नै विभिन्न कार्यक्रम गरि मनाइएको छ । सामाजीक सन्जालमा समेत आफुले मान्ने गरेको गुरुहरु प्रति भाव प्रकट गरिएको छ । आज परेको गुरु पूर्णिमा का अवसरमा गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरेर गुरु पूर्णिमा पर्व मनाएको छ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको पाहिन्छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुस् साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।
गुरु पूर्णिमाका अवसरमा यस दिन आज गूरुकुल लगायतका आश्रमहरुमा विभिन्न कार्यक्रम गरि गुरुजनलाई सम्झिने गरिएको छ ।
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।आज नै महर्षि वेदव्यासको जन्मस्थल दमौलीमा रहेको व्यास गुफा कार्यक्रम गरि वेदव्यासको जन्मोउत्सव समेत मनाइएको छ । केहि वर्ष देखि सामाजीक सञ्जालमार्फत गूरुपुर्णिमामा शुभकामना दिने गरिएको छ ।

 

प्रतिकृया दिनुहोस